बुटवल । तमु ह्युल छोजधी रुपन्देहीको १२ औ अधीवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । बिमला तमुको अध्यक्षता र तमु ह्युला छोजधीका केन्द्रीय अध्यक्ष कर्ण बहादुर गुरुङ्गको प्रमुख आतीथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो ।
नया कार्य समीतीमा राम बहादुर गुरुङ्ग अध्यक्षसहित वरिष्ठ उपाध्यक्ष आशा गुरुङ्ग, उपाध्यक्ष मदन मोहन सिह गुरुङ्ग र सचिव शेरजंग गुरुङ्ग चयन भएका छन् । पदाधिकारीसहित १८ जना कार्यसमिति चयन भएको हो । कार्यक्रममा छोजधीका केन्द्रीय अध्यक्ष कर्ण बहादुर गुरुङ्गले गुरुङ्ग समुदायको पहिचान र अधीकारका लागि सदैब लडीरहनु परेको बताउँदै राज्यमा पहुंच र नीति निर्माणमा आदिवासीको आवाज सम्बोधन हुन नसकेको बताए ।
प्रतिक्रिया