वासिंगटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका प्रवेश गर्ने चिनियाँ सामानमा १०४ प्रतिशत कर लगाएपछि बिहीबारदेखि लागू हुने गरी चीनले पनि अमेरिकी आयातमा ८४ प्रतिशत कर लगाउने घोषणा गरेको छ ।
चिनियाँ ट्यारिफ अमेरिकी आयातहरूमा पहिले नै लगाइएको ३४ प्रतिशतबाट बढेको हो । अन्य, ६० देशहरूबाट अमेरिकामा आयातमा कडा भन्सार शुल्कहरू कायमै रहेको छ । ट्रम्पले भनेका छन् कि प्रभावित देशहरूले वार्ताको लागि बोलाइरहेका छन् ।मार्केट ट्र्याकरहरूका अनुसार चीनको पछिल्लो ट्यारिफ घोषणा पछि युरोपेली बजारको सेयर भ्यालु घटेको छ ।
लगानीकर्ताहरूले आफ्नो दीर्घकालीन अमेरिकी सरकारी ऋणपत्रहरू बेचिरहेका छन्, जसले परम्परागत रूपमा सुरक्षित हेवन सम्पत्ति मानिदैँ आएको छ ।
यसै बीच सो घोषणापछि पहिलो टिप्पणीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्पनीहरूलाई अमेरिकामा फर्किन प्रोत्साहन दिइरहेको बताएका छन् ।सामाजिक मिडिया प्लेटफर्म ट्रुथ सोशलमा लेख्दै अमेरिकी राष्ट्रपतिले भने, ‘तपाईंको कम्पनीलाई संयुक्त राज्य अमेरिकामा सार्ने यो राम्रो समय हो।’ चीनको समानमा १०४ प्रतिशत कर लगाउने घोषणा गरे पछि चीनले पनि भोली देखी नै लागु हुने गरी जवाफमा ८४ प्रतिशत कर लगाएको छ । चीनमा रहेका कतिपय अमेरिकन उधोगलाइ शंकास्पद सुचीमा राखेको घोषणा पनि गरिएको छ।
प्रतिक्रिया