ताजा अपडेट »

घरेलु तथा साना उद्योग महासंघ रूपन्देहीकोक्षमता अभिवृद्धि सम्बन्धी २ दिने गोष्ठी सम्पन्न

बुधबार, २७ चैत्र २०८१, २१ : ३१
122 Shares
बुधबार, २७ चैत्र २०८१
122 Shares

मणिग्राम । घरेलु तथा साना उद्योग महासङ्घ रुपन्देहीको संस्थागत क्षमता अभिवृद्धि सम्बन्धी २ दिने गोष्ठी सम्पन्न भएको छ । पाल्पाको संवृद्धि रिसाेर्टमा सम्पन्न गोष्ठीमा संस्थागत क्षमता अभिवृद्धिका लागि व्यक्तित्व विकाश, कार्यकुशलता अभिवृद्धिका सीप एवम् रणनीतिक योजना निर्माण र त्यसको कार्यान्वयनका अभ्यास गराइएको थियो ।

घरेलु तथा साना उद्योग महासङ्घ रुपन्देहीको नव निर्वाचित कार्यसमितिको कार्यकाल लाई सफल बनाउने सम्बन्धमा रणनीतिक कार्ययाेजना तयारी सम्बन्धी गहन छलफल समेत गरिएको तियो । गोष्ठीमा देशको सन्तुलित विकाश, रोजगारी अभिवृद्धि, वित्त सञ्चालन, स्थानीय कच्चा पदार्थको सदुपयोग, आयात प्रतिस्थापन लगायतमा योगदान दिँदै आएका घरेलु तथा साना उद्योगको प्रवर्द्धन गर्न महासङ्घलाई थप सशक्त बनाइने निष्कर्ष समेत निकालिएको थियो ।

WhatsApp Image 2025-04-09 at 15.22.52

सङ्घका जिल्ला कार्यसमिति अध्यक्ष टङ्कनाथ अधिकारीको सभापतित्व एवम् लुम्बिनी प्रदेशका नवनिर्वाचित अध्यक्ष गणेशप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा आयोजित २ दिने गोष्ठीका अवसरमा योगाभ्यास सहित मित्र मिलन, सहकार्य, संस्थागत सबलता लगायतका अभ्यास सञ्चालन गरिएको वरिष्ठ उपाध्यक्ष एवम् कार्यक्रम संयोजक देवानन्द पाण्डेले बताए ।

महासङ्घका केन्द्रीय उपाध्यक्ष नेत्रप्रसाद पाठक, केन्द्रीय सदस्यहरू: कन्हैया लाल कसौधन, वसन्त रोका क्षेत्री, प्रदेश कोषाध्यक्ष माया खनाल, पूर्व जिल्ला अध्यक्ष ध्रुवकुमार धिताल लगायतको उपस्थितिमा गोष्ठी सञ्चालन गरिएको थियो । गोष्ठीका क्रममा महासंघका पूर्व जिल्ला अध्यक्ष ध्रुवकुमार धितालले घरेलु तथा साना उद्योग महासङ्घको परिचय र नेपालमा उद्योगको वर्तमान अवस्थाका सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

WhatsApp Image 2025-04-09 at 15.22.21 (2)

त्यस्तै उपप्राध्यापक एवम् प्रशिक्षक मुक्तिनाथ गैह्रेले व्यक्तित्व विकाश, कार्यकुशलता अभिवृद्धिका सीप एवम् रणनीतिक योजना निर्माण र त्यसको कार्यान्वयनबारे सहभागीहरूका बिच सहजीकरण गरेका थिए भने स्वामी ध्यान चेष्टा (दुर्गाबहादुर पोखरेल)ले  सहभागीहरूलाई ध्यान तथा योगाभ्यासको प्रशिक्षण दिएको महासचिव थानेश्वर चापागाईँले बताए ।

कार्यशाला बाट सहभागीहरूले आफ्नो उद्योगका साथै समग्र महासङ्घको कुशल व्यवस्थापन र योजना कार्यान्वयनका लागि गोष्ठी निकै फलदायी भएको र गोष्ठीबाट आफूहरूलाई सीपसहित  थप ऊर्जा मिलेको भन्दै जिल्ला कार्यसमितिप्रति आभार व्यक्त गरेका थिए ।

WhatsApp-Image-2025-04-09-at-15.22

पाल्पाको भैरव स्थानमा आयोजित गोष्ठीमा सङ्घको लुम्बिनी प्रदेशका पदाधिकारी सहित रुपन्देही जिल्ला कार्यसमिति र सिद्धार्थनगर, तिलोत्तमा, सैन मैना, देव दह लगायत पालिका स्तरमा क्रियाशील समितिका पदाधिकारीको प्रतिनिधिमूलक गरी ३६ जनाको सहभागिता रहेको महासङ्घका जिल्ला सदस्य ऋषि भण्डारीले बताए ।

कार्यशालाका अवसरमा महासङ्घ जिल्ला कार्यसमितिले प्रकाशन गरेको २०८२ सालको भित्ते पात्रो समेत विमोचन गरिएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।