बुटवल । बुटवलमा जारी प्रथम उपमेयर कप नकआउट फुटबल प्रतियोगिता २०८१ मा राईजिङ स्टार क्लब, कपिलस्तु उपाधि नजिक पुगेको छ । कपिलवस्तुले बुधबार भएको सेमिफाइनल खेलमा जित गर्दा गर्दै फाइनल पुगेको हो ।
बुटवल उपहानगरपालिकाको संरक्षकत्वमा बिस पचहत्तर युवा क्लबको आयोजनामा जारी प्रतियोगितामा आयोजकलाई १–० गोलले स्तब्ध पार्दै राईजिङ स्टारले उपाधि दाबेदारी पेश गरेको हो । विहिबार हुने एमएससी भारत र ट्रिनेटि युवा क्लब, वालिङ बिचको दोस्रो सेमीफाईनल विजेतासँग राईजिङ स्टारले उपाधिको लागि फाईनलमा खेल्नेछ ।
सिद्देश्वरी खेल मैदानमा शुरुवातबाट नै खेल आक्रमक बन्यो । पहिलो हाफमा आयोजकले आधा दर्जन बढी गोलका अवसरहरु गुमायो । दोस्रो हाफमा भने कपिलवस्तुको पोष्टमा पाएका दुई वटा राम्रो अवसर गुमाउनु नै आयोजकको हारको कारण बन्यो । खेलको ५५ औ मिनेटमा राईजिङका भुमिका बुढाथोकीले डी बक्सबाहिरबाट उत्कृष्ट विजयी गोल गरिन । खेलमा राईजिङकी भुमिका बुढाथोकी प्लेयर अफ दी म्याचबाट पुरस्कृत भईन ।
विहिबार हुने दोस्रो सेमीफाईनलमा एमएससी भारत र ट्रिनेटि युवा क्लब, वालिङ बिच खेल हुने संयोजक बुद्घि बहादुर दर्जीले बताए ।
प्रतिक्रिया