ताजा अपडेट »

प्रधानमन्त्री ओलीद्वारा महर्षि पाणिनी मन्दिरको शिलान्यास

बुधबार, २७ चैत्र २०८१, १४ : ४२
98 Shares
बुधबार, २७ चैत्र २०८१
98 Shares

अर्घाखाँची । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्घाखाँचीको पाणिनी गाउँपालिका-१ स्थित पाणिनी तपोभूमिमा निर्माण हुन लागेको महर्षि पाणिनी मन्दिरको शिलान्यास गरेका छन् । उद्योग, पर्यटन तथा यातायात मन्त्रालयअन्तर्गत पर्यटन डिभिजन कार्यालय, रुपन्देहीको लगानीमा निर्माण हुन थालेको मन्दिरको शिलान्यास गरेका हुन् ।

पाणिनिलाई संस्कृत व्याकरणका पीता मानिँदै आएको छ, र यस स्थललाई ध्यानभूमि, ज्ञानभूमि तथा देवभूमिका रूपमा प्रचारप्रसार गर्दै धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य सहित २७ लाख ४५ हजार ७ सय २६ रुपैयाँ १५ पैसाको लागतमा मन्दिर बन्न थालेको हो ।

आजदेखि सुरु भएको सुरु भएको ऐतिहासिक पाणिनी सम्मेलनको अवसरमा प्रधानमन्त्रीले मन्दिर शिलान्यस गरेका हुन् । दुईदिनसम्म चल्ने उक्त सम्मेलनमा संस्कृत भाषाका विद्वान्, धर्मगुरु, शोधकर्ता, नीतिनिर्मातालगायतको उपस्थिति रहेको छ । कार्यक्रमको आयोजना लुम्बिनी प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, पर्यटन विकास परिषद् तथा पाणिनि गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकाले गरेका हुन् । संस्कृत भाषा, प्राचीन ज्ञान सभ्यता र पर्यटनको सम्भावनाका विषयमा सम्मेलनमा छलफल हुने बताइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।