बुटवल । बुटवल-नारायणगढ सडक आजदेखि दैनिक ४ घण्टा बन्द रहने भएको छ । बुटवल–नारायणगढ सडक अन्तरगत दाउन्ने क्षेत्रमा मर्मतका लागि सवारी आवागमन बन्द गरिने भएको हो ।
उक्त सडक निर्माण आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार दाउन्ने खण्ड आज बिहान ११ः०० देखि अपराह्न ३ः०० बजेसम्म बन्द हुनेछ । चैत ३१ गतेसम्म यो समयसारिणी कायम रहने छ । वैशाख १ गतेदेखि राति ११ः०० देखि बिहान ५ः०० बजेसम्म बाटो बन्द हुनेछ ।
प्रतिक्रिया