ताजा अपडेट »

नवाैं वर्षमा पाैवा, देशैभरका शाखामा स्वाद उत्सव

बुधबार, २७ चैत्र २०८१, ०८ : १९
176 Shares
बुधबार, २७ चैत्र २०८१
176 Shares

बुटवल । आतिथ्य व्यवसायमा फरक पहिचान बनाउँदै देशैभर सेवा प्रदान गर्ने गरी अगाडी बढेको हाेटल समुह  पौवाले  स्थापना दिवसको अवसर पारेर  देशभरका शाखाहरूमा ‘स्वाद उत्सव’ कार्यक्रम सञ्चालन  गरेको छ । स्थापनाको नवौँ वार्षिकोत्सवको अवसर पारेर स्वाद उत्सव तथा कर्मचारी सम्मान कार्यक्रम गरिएको हो । 

‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने नारा लिएर अगाडि बढिरहेको पौवाले नेपाली देशभर हालसम्म १७ वटा शाखा मार्फत आन्तरिक तथा बाह्य पयर्टकहरू लाइ सेवा प्रदान गर्दै आएको छ ।

fb68ab3c-917f-48ff-b7db-83c9343a2bdf

स्वाद उत्सवको सोमबार तिलाेत्मा स्थित योगिकुटी शाखामा पौवा हाेटलका अध्यक्ष दुर्गाप्रसाद भण्डारी, उपाध्यक्ष ध्रुवराज न्यौपाने र नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेशका उपाध्यक्ष रामप्रसाद आचार्यले कार्यक्रमको शुभारम्भ गरेका थिए ।

नेपाली स्वाद संस्कृति झल्किने खालका मौलिक नेपाली खानाहरूको प्रस्तुति रहने यो स्वाद उत्सव चैत २९ गतेसम्म हाेटल पौवाका सबै शाखामा आयोजना हुने पौवा हाेटलका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले बताए । होटेल पौवाले  स्वाद  उत्सवमार्फत  नेपाली स्वाद, संस्कृति र पौवाको आतिथ्य संस्कारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने लक्ष्य राखेको बताएको  छ ।

स्वाद उत्सवको मुख्य उद्देश्य हाेटल पौवाका सेफहरूका बिच स्वस्थ प्रतिस्पर्धा मार्फत बढीभन्दा बढी गुणस्तरीय तथा स्वादिष्ट खाना तयार गरी सेफहरूको क्षमताको विकास गर्नु पनि रहेको  सञ्चालक तथा हाेटलका ब्रान्ड म्यानेजर विष्णु भण्डारीले बताए ।

0980f27a-7e9d-4170-ad38-30b85ed32f36

‘स्वाद उत्सवमा आउनुभएका पाहुनाहरूबाट प्राप्त हुने प्रतिक्रियाले  हाम्रा सेपहरूलाई हाैषला मिल्नुका साथै सेफहरूको अनुभवमा समेत थप निखार ल्याइ क्षमता अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास पौवाले लिएको  भण्डारी बताउँछन् । यो उत्सव आयोजनाको अर्को महत्त्वपूर्ण पाटो भनेको स्थानीय किसानका खाद्य एवं तरकारीजन्य उत्पादनलाई खपत गरी उनीहरूलाई कृषि उत्पादनमा जोड्दै  प्रोत्साहन गर्न पनि रहेको  उनले बताए ।

उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरू सम्मानित

पौवाले स्वाद उत्सवको अवसरमा उत्कृष्ट कार्य सम्पादन गर्ने १७ वटा शाखाहरूका कर्मचारीहरू मध्ये सर्वोत्कृष्ट कर्मचारीका रूपमा पोखरा शाखाका प्रबन्धक केशव भण्डारीलाइ सम्मान गरेकाे छ । त्यस्तै  भरतपुर शाखाबाट किचन विभागका चिरञ्जीवी भट्टराई, भैरहवा शाखाका सेफ दीपक भण्डारी, भैरहवा शाखाबाट लेखा विभागका लेखापाल अशोक यादव, सालझण्डी शाखा बाट सर्भिस विभागका विशाल सिंह ठकुरी, काठमाडौँ शाखा बाट हाउस किपिङ र प्रडक्ट विभागका हरि न्यौपाने, भालुवाङ शाखा बाट फ्रन्ट अफिसकी इन्दिरा चौधरी, बुटवल शाखाबाट सुरक्षा विभाग प्रेम घिमिरेलाई सोमबार नगदसहित सम्मान समेत गरिएको थियो ।

1744156875-B8dOS

पौवाका समूहका उपाध्यक्ष ध्रुवराज न्यौपानेले उत्सवमा भाग लिनका लागि सबै शाखाबाट २ लाख स्थानीय तथा बाह्य अतिथिहरूलाई प्रत्यक्ष भेट गरी निमन्त्रणा गरिएको बताए । पाहुनाहरूले दिएको विश्वास र समर्थनकै कारण पौवा ‘मिसन १००’ को लक्ष्य पछ्याउँदै देशभर विस्तार भइरहेको छ,’उनले भने । नेपालका विभिन्न चाडपर्वलाई पौवाले विशेष रूपमा समेत मनाउँदै आएको उनले बताए ।

नेपालगंजमा पाँचतारे हाेटल बन्दै 

गौतमबद्धको जन्म क्षेत्र लुम्बिनी प्रदेशबाट ९ वर्षअघि आतिथ्य सेवा यात्रा सुरु गरेको  होटेल पौवाका हाल  सम्म १७ वटा शाखा पुगेका छन् भने ७ सय भन्दा बढीलाई प्रत्यक्ष रोजगारी  प्रदान समेत गरेको छ। मध्यम स्तरको पर्यटकीय आतिथ्य दिँदै आएको पौवाले  बाँकेको नेपालगन्जमा पाँचतारे होटेल ‘पौवा वेस्ट्रन’ को पहिलो चरणको काम पनि सम्पन्न गरेको छ । 

पौवाको पहिलो ५ तारे यस हाेटलमा हाल  मुख्य अतिथि आवास भवन निर्माण भइरहेको छ भने अत्याधुनिक सभा हल तथा नेपाली रेस्टुरेन्ट सञ्चालनमा आइसकेको  छ ।

होटेल पौवाको नेपालगन्जमा बन्दै गरेकाे यस हाेटलमा  फरक फरक स्वाद र परिकारका ५ वटा रेस्टुरेन्ट, ४ वटा ठुलो सभा हलसहित १४ वटा मिटिङ हल र ७ वटा स्वीट रुमसहित ९६ वटा डिलक्स रुम उपलब्ध हुनेछन् । नेपालगंजकाे पहिलो होटेलका रूपमा ९ तलासहितको एउटै छानामुनि क्यासिनो, स्पा, स्विमिङ, जिम सहितका सुविधाहरू समेत रहने छन् ।

स्थापनाको ९ वर्षे अवधिमा लुम्बिनी प्रदेशका प्रायः सबै पर्यटकीय स्थलमा पौवाको सेवा विस्तार भएको छ भने त्यस्तै छिमेकी कर्णाली प्रदेशको जुम्ला, गण्डकी प्रदेशको पोखरा, सुदूरपश्चिम प्रदेशको धनगढी तथा बाग्मती प्रदेशको काठमाडौँ र सौराहामा पौवाको  सेवा उपलब्ध छ ।
a0d4e02b-33d7-4ad6-b50c-446555a42ba0
लुम्बिनी प्रदेशमा रुपन्देहीको भैरहवा, तिलाेत्माको योगीकुटी, दाङको भालुवाङ, लमही र घोराही तथा कपिलवस्तुको गोरुसिंगे, पाल्पाको तानसेन र गुल्मीको रेसुंगाबाट पौवाले सेवा दिइरहेको  छ । त्यसै गरी सिन्धुलीको मुलकोट र खोटाङको हलेसीमा पनि पौवाको सेवा सुचारू भइसकेको छ ।

कोशी प्रदेशमा होटेल सञ्चालनको अध्ययन गरिरहेको तथा मधेस प्रदेशको जनकपुरमा सम्भाव्यतासहित होटेल सञ्चालनको प्रारम्भिक तयारी गरिएको छ । त्यस्तै गण्डकी प्रदेशमा पनि थप होटेल सञ्चालनको अध्ययन थालिएको छ । सिन्धुली सदरमुकाममा नयाँ शाखा स्थापना हुन गइरहेको छ भने अबको केही समयभित्रै पाल्पाको झिगामारामा पौवा वनवास रिसोर्ट समेत स्थापना गरीने  पौवाले जनाइएको छ ।

‘देशलाई चिनाउने क्षेत्र पर्यटन क्षेत्र नै हो । हाम्रो डाँडापाखालाई सदुपयोग गर्ने हो भने रोजगारीको लागि विदेश पलायनलाई समेत कम गर्न सकिन्छ । पौवाको प्रमुख लक्ष्य देशभित्रै रोजगारी सिर्जना गर्ने हो । पौवाले स्थानीय उत्पादनको समेत खपत गर्दै आएको छ जसले पौवा पुगेको स्थानमा आम्दानीको स्रोत समेत विस्तार भएको छ ।’ पौवाका परिकल्पनाकार उपाध्यक्ष धु्रव न्यौपानेले भने ।

उनका अनुसार सामूहिक लगानीमा नेपालमा केही गर्न सकिन्छ भन्ने उदाहरण पौवाले दिएकाले अब नयाँ क्षेत्रमा लगानीको अवसर खुला गरेको छ । ‘हामीले यसलाई लगानी सम्मेलन नै भनेका छौँ, पहाडी क्षेत्रमा बाँझो रहेका जग्गालाई व्यवस्थापन गर्ने नीतिअनुरूप हामीले यो अभियान थालेका छौँ, पहिलो चरणमा पाल्पाको झिंगामारामा ठुलो क्षेत्रमा यसको सुरुवात गरेका छौँ, यहाँ लगानीकर्तालाई आव्हान गरेका छौँ’ उनले भने ।

पौवा समूहकै संलग्नतामा  'बसे पनि सहर गाउँकै खाने रहर'  भन्ने मूल मन्त्राइ आत्मसात् गर्दै सिधै किसानबाट  खाद्य सामग्री, तरकारी तथा फलफूलहरू खरिद गरेर ग्राहक सम्म पुर्याउने गरी  पैँचाे पसल समेत  विगत १० वर्षदेखि संचालनमा छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।