काठमाडाैं । दुर्गेश थापाको स्वरमा को शीर्ष गीत सार्वजनिक भएको छ। ‘कर्मा’ बोलको टाइटल गीतमा दुर्गेश थापाको स्वर तथा शब्द तथा सङ्गीत रहेको छ। असलका लागि असल र खराबका लागि खराब छु भन्ने सन्देश दिएको यो गीतले जस्तो मान्छे त्यस्तै व्यवहार हुने सन्देश दिएको छ।
गीतको एरेन्ज पनि दुर्गेश स्वयंले नै गरेका छन् भने ब्याक ग्राउन्ड भोकल आरसी रिमाल र भूषण खतिवडाको दिएका छन्। गीतको भिडिओमा चलचित्र काे मुख्य कलाकारहरू विपिन कार्की, मुकुन भुसाल, उपासना सिंह ठकुरीलगायत लाई गीतमा देखाइएकाे छ । दुर्गेश स्वयंले पनि यस भिडिओमा अभिनय गरेका छन्।
चलचित्र ट्रेलरले राम्रो हाइप बनाइरहेको अवस्थामा दुर्गेशको गीतले यसलाई थप हाइप दिने अपेक्षा निर्माण पक्षको रहेको छ । यसैबिच, ‘कर्मा’को ट्रेलर नेपालसहित कतार, कोरिया र जापानमा पनि युट्युब ट्रेन्डिङमा परेको हो।
विपिन कार्की लाई एक्सन अवतारमा पहिलो पटक उतारेका निर्देशक सौरभ चौधरीले एक्सनको जगमा बसेर पैसा र पावरका लागि मरिहत्ते गर्ने समाजको कथा बोल्ने प्रयास गरेका छन् । ‘कर्मा’मा विपिन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, सरिता गिरी, दिब्यदेब, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालगायतको अभिनय रहेको छ ।
चलचित्र ‘कर्मा’ ड्रामा, सस्पेन्स र एक्सन जनरामा निर्माण गरिएको छ। सिनेमाको कथा निर्देशक चौधरी स्वयंले लेखेका छन् । ‘कर्मा’को अन्तर्राष्ट्रिय प्रदर्शन बिक्रीको अधिकार सेभेन सिज सिनेमाजले लिएको छ। आर्टिस्टिक इन्टरटेनमेन्टको प्रस्तुति रहेकाे ‘कर्मा’मा वसन्त लम्सालको लगानी रहेको छ।
यो चलचित्र नयाँ वर्ष २०८२ को समय पारेर चैत २९ गते नेपालसहित विश्वभर रिलिज हुँदै छ।
प्रतिक्रिया