ताजा अपडेट »

देवीपुर बहुउद्देश्य सहकारी संस्था लिमिटेडद्वारा शुभकामना आदानप्रदान

मंगलबार, २६ चैत्र २०८१, १८ : ४४
62 Shares
मंगलबार, २६ चैत्र २०८१
62 Shares

बुटवल । देवीपुर बहुउद्देश्य सहकारी संस्था लिमिटेडद्वारा नयाँ वर्ष २०८२ को  शुभकामना तथा भित्ते पात्रो विमोचन कार्यक्रम सम्पन्न भयको छ।

विसं २०७२ मा स्थापित देवीपुर सेवा समाज रूपान्तरण हुँदै वि।सं। २०७८ मा देवीपुर बहुउद्देश्य सहकारी संस्था लिमिटेड मा परिणत भएको यस संस्थाले नयाँ वर्ष २०८२ को उपलक्ष्यमा कार्यक्रमको आयोजना गर्दै भित्ते पात्रो पनि विमोचन गरेको हो। कार्यक्रमको संस्थाकी उपाध्यक्ष पुष्पा पन्थीले स्वागत मन्तव्य राख्दै संस्थाको स्थापना कालदेखिको यात्रा, योगदान तथा भावी योजनाहरू बारे संक्षिप्त प्रस्तुति दिनुभयो।

कार्यक्रममा संस्थाका सल्लाहकार जीवन प्रकाश पाण्डेले मन्तव्य राख्दै, सहकारी बहुउद्देश्य भएकोले समाजसेवा, शिक्षा, स्वास्थ्यजस्ता रचनात्मक कार्यहरूमा समेत सक्रिय रहनुपर्ने सुझाव दिए । उक्त कार्यक्रममा सस्थाका सदस्य टंक खनाल ,गोकुल पाण्डे तथा लेखा सुपरिवेक्षण सम्योजक भेषराज पाण्डे लगायतले शुभकामना मन्तव्य ब्यक्त गरे ।

भित्तेपात्रो प्रकाशन समितिका संयोजक तथा संस्थाका कोषाध्यक्ष श्री कमलप्रसाद न्यौपानेले सबैमा नयाँ ऊर्जा, प्रेरणा र सकारात्मक सोच ल्याओस्, क्यालेण्डर संस्थाको पहिचान मात्र होइन,  दायित्व, उद्देश्य र आगामी यात्राको दिशानिर्देशक पनि हो। संस्थाको पारदर्शिता, सेवा र समर्पण झन सुदृढ बनाउँदै लैजाने साझा संकल्प हो।

उनले सम्पूर्ण सदस्य, शुभेच्छुक तथा सहकर्मीहरूलाई २०८२ सालको हार्दिक शुभकामना समेत दिए ।  संस्थाका अध्यक्ष गुणाखर खनालले  स्थापना कालदेखि हालसम्मको अवस्था, प्राप्त उपलब्धिहरू तथा आगामी योजनाहरू प्रकाश पार्दै शेयर सदस्य संख्या अझ वृद्धि गर्न अपिल गरे । 

संस्थाको निरन्तर प्रगति र सबल भविष्यको कामना गर्दै नया बर्ष २०८२ सालको शुभकामना व्यक्त गरे । उक्त कार्यक्रम सन्चालन सस्थाका सचिब तिलकराम पाण्डेले गरेका थिय।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।