ताजा अपडेट »

लेक लागेर पर्यटकको मृत्यु

मंगलबार, २६ चैत्र २०८१, १८ : १५
18 Shares
मंगलबार, २६ चैत्र २०८१
18 Shares

मनाङ । तिलिचो तालबाट फर्कने क्रममा लेक लागेर एक जना कोरियाली नागरिकको मृत्यु भएको छ । जिल्लाको ङिस्याङ गाउँपालिका–९ थोरोज खोला भन्ने स्थानमा उनको मृत्यु भएको हो । 

आज बिहान म्येङोक जोङ नाम गरेका पर्यटकको ज्यान गएको सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले  बताए । 

दिवङ्गत पर्यटकको शव व्यवस्थापन गर्न प्रहरी परिचालन भएको जानकारी पनि उनले दिए । शव सदरमुकाम ल्याएपछि परीक्षण चामेमा गर्ने वा काठमाडौं पठाउने भन्ने निर्णय गरिने सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले बताए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।