ताजा अपडेट »

माओवादी केन्द्रको तराई-मधेश हुलाकी मार्ग अभियान बैशाख ३ गते रुपन्देही प्रवेश गर्ने

मंगलबार, २६ चैत्र २०८१, १५ : ३२
58 Shares
मंगलबार, २६ चैत्र २०८१
58 Shares

बुटवल । नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र)द्वारा संचालित तराई(मधेश हुलाकी मार्ग अभियान बैशाख ३ गते रुपन्देही प्रवेश गर्ने भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु सहितको अभियानको केन्द्रिय टोलीलाई रोहिणी गाउँपालिकाको धकधई चोकमा स्वागत गरिने रुपन्देही पार्टीले जनाएको छ ।

२०८२ बैशाख ३ गते साँझ केन्द्रिय अभियान रुपन्देही प्रवेश गर्नेछ । पार्टीका जिल्ला संयोजक नारायण जिसी ुनिर्मलुले भने, बैशाख ४ गते साँझसम्म पार्टी अध्यक्षसहितको टिम रुपन्देहीमा रहनेछ । अभियान अन्तरगत रुपन्देहीमा जनभेटघाट, कार्यकर्ता प्रशिक्षण, अन्तरक्रिया र जनसभा लगायतका कार्यक्रम हुनेछन् ।

पार्टी जिल्ला सचिव यादवका अनुसार बैशाख ३ गते साँझ  रोहीणीमा स्वागत, ४ गते बिहान ५ः३० देखि ८ः३० सम्म मर्निङ्गवाक र चियापान, बिहान ९ देखि १० बजेसम्म विद्यार्थी र वाइसियललाई प्रशिक्षण, १० देखि ११ः३० बजेसम्म उद्योग व्यापार संघ, बुद्धिजीवी र नागरिक समाजसंग अन्तरक्रिया र साँझ ४ बजे कोटहीमाईको मझगावामा जनसभा गरी ५ बजे अभियान कपिलवस्तु जिल्लालाई हस्तान्तरण गर्ने कार्यक्रम तय भएको छ ।

कञ्चनपुरमा पुगेर समापन हुने हुलाकी मार्ग अभियानले पार्टीलाई जनतासंग एकाकार बनाउँदै २०६४ को स्थितिमा पुर्याउने लक्ष्य माओवादीले लिएको छ ।

फागुन १२ गते सोमबारबाट सुरु भएको माओवादी अभियान काठमाडौंमा राजावादी आन्दोलन बढेकोपछि बिचमै स्थगित गरी काठमाडौं केन्द्रित गरिएको थियो । चैत्र १५ गते राजावादीको आन्दोलनकै दिन माओवादी नेतृत्वमा समाजवादी मोर्चाले काठमाडौंमा जनसभा गरेको थियो । समाजवादी मोर्चाको जनप्रदर्शनले राजावादी आन्दोलनले थप क्षति गर्न नपाएको दावी माओवादीले गर्दै आएको छ । पार्टी अध्यक्ष प्रचण्डले समाजवादी मोर्चाकोुविशाल जनप्रदर्शनुले ुराजावादीहरु अत्तालिएको बताउँदै आएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।