ताजा अपडेट »

म्यानमारमा भूकम्पबाट मृत्यु हुनेको संख्या ३६०० पुग्यो, ८९ वटा परकम्पहरू रेकर्ड

मंगलबार, २६ चैत्र २०८१, १४ : १६
24 Shares
मंगलबार, २६ चैत्र २०८१
24 Shares

काठमाडौँ । म्यानमारमा विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या संख्या ३,६०० पुगेको छ भने ५,०१७ जना घाइते भएका छन् र १६० जना अझै बेपत्ता छन्।

म्यानमारको राज्य प्रशासन परिषद्का अनुसार मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । यो संख्या १० हजार नाघ्ने अनुमान गरिएको छ । 

मार्च २८ मा स्थानीय समय अनुसार १२ः५१ बजे म्यानमारमा ७।९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो। भूकम्पको कडा धक्का थाइल्यान्डमा पनि महसुस गरिएको थियो ।

देशको मौसम विज्ञान तथा जलविज्ञान विभागका अनुसार आइतबारसम्म २।८ देखि ७।५ म्याग्निच्युडसम्मका जम्मा ८९ वटा परकम्पहरू रेकर्ड गरिएका छन्।-एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।