काठमाडौं । शाही युवा शक्तिका उपाध्यक्ष दिलबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
चैत १५ को राजावादी प्रदर्शनमा अराजक जत्था भेला पार्ने काममा सक्रिय भएको आरोपमा उनी पक्राउ परेका हुन् । उनीसँगै प्रदर्शनसँग सम्बन्धित अन्य व्यक्तिको पनि खोजी भइरहेको प्रहरीले बताएको छ ।
प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले श्रेष्ठलाई पक्राउ गरेको एसपी अंगुर जिसीले बताए । उनी काठमाडौंको तारकेश्वर नगरपालिका( ९ का बासिन्दा हुन् ।
प्रतिक्रिया