ताजा अपडेट »

मान्छेजस्तै रोबोट: जसले बृद्धहरुलाई हेरचाह गर्छ, चार औंलाले २० किलो उठाउँछ

मंगलबार, २६ चैत्र २०८१, १२ : ३६
30 Shares
मंगलबार, २६ चैत्र २०८१
30 Shares

एजेन्सी । चीनमा विकास गरिएको एआइ रोबोटले मानिसहरुले जस्तो गतिविधि गर्न सक्ने जनाइएको छ । ति रोवोटहरु मानव जस्तै चहलपहल गर्ने गरेका छन् ।
यस्तो आविष्कारले चीनका उच्च.प्रविधि कम्पनीहरूले मूर्त एआई रोबोटहरू विकास गर्नमा उल्लेखनीय प्रगति गरिरहेका प्रष्ट हुन्छ ।
बेइजिङस्थित कम्पनीको एउटा रोबोट लगभग १.७ मिटर अग्लो छ र लगभग ६३ किलो तौलको छ । यो प्रति सेकेन्ड ३.६ मिटर दौडन सक्छ र केवल चार औंलाले २० किलो तौल उठाउन सक्छ।
रोबोटले गहन सिकाइ क्षमताको छ । त्यसले परिष्कृत कार्यहरू गर्न सक्छ । कम्पनीका सहसंस्थापक शी यूका अनुसार रोबोटहरूलाई मानिसहरूको घरको हिस्सा बनाउने अन्तिम लक्ष्य रहेको सुनाए ।
त्यस्तै बेइजिङको अर्को कम्पनीको एक रोबोटलाई बायोनिक मांसपेशी र छालाले सुसज्जित गरिएको छ ।  जसलाई मान्छेको जस्तै जीवनशैली र अनुहारमा परिणत गरिएको छ । 
तालिम र सिकाइपछि रोबोटले आफ्नो मांसपेशी र छालालाई सक्रिय पारेर छ वटा आधारभूत भावनाहरू पैदा गर्ने गरेको छ ।  २०० भन्दा बढी गतिशील अभिव्यक्तिहरू पनि दिने गरेको छ । मानवोइड ति रोबोटहरू विशेष गरी वृद्धहरुको हेरचाहमा उपयोगी हुनेछन्।
चीनले मूर्त एआइ रोबोटको विकासलाई विशेष प्राथमिकताका साथ काम गरिरहेको छ । देशले २०२५ सम्ममा मानवोइड रोबोटहरूको लागि प्रारम्भिक नवप्रवर्तन प्रणाली स्थापना गर्ने लक्ष्य राखेको छ ।
२०२७ सम्ममा सुरक्षित, भरपर्दो औद्योगिक उत्पादनहरूमा ध्यान दिएको छ । जसले वास्तविक अर्थतन्त्रमा ठूलो हिस्सा ओगट्ने अनुमान गरिएको छ । (सीसीटीभीप्लस)
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।