ताजा अपडेट »

बंगलादेशमा हसिना समर्थक ७० वकिललाई जेल चलान

मंगलबार, २६ चैत्र २०८१, ०७ : ४३
64 Shares
मंगलबार, २६ चैत्र २०८१
64 Shares

ढाका । बंगलादेशको एक अदालतले शेख हसिनालाई समर्थन गर्ने ७० वकिललाई जेल पठाएको छ । गत वर्ष हिंसात्मक विद्यार्थी आन्दोलनका क्रममा यी वकिलहरू विरुद्ध कुटपिट र ज्यान मार्ने प्रयासका मुद्दा दर्ता भएका थिए । यही आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री शेख हसिनाले देश छोडेकी थिइन् ।

ढाका महानगरीय सत्र न्यायाधीश मोहम्मद जाकिर हुसेनले वकिलहरूलाई जमानत दिन अस्वीकार गर्दै उनीहरूलाई जेल पठाउन आदेश दिएका हुन्। नौ महिला वकिल र ढाका बार एसोसिएसनका पूर्व अध्यक्ष अबु सैयद सागरलाई भने जमानत दिइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।