काठमाडौं । नेपाल बार एशोसिएसको निर्वाचनमा बिजयकुमार मिश्रले अग्रता लिएका छन् । जारी मतगणनाको प्रारम्भिक रिपोर्ट अनुसार काठमाडौं, बिराटनगर, धनकुटा, सुनसरी, मोरङलगायतका मतदान केन्द्रको मतगणना हुदाँ मिश्रले अग्रता लिएका हुन् ।
काठमाडौंमा मिश्रको ३२ मत प्राप्त हुदाँ श्रेष्ठले १७ मत पाएका छन । यसैगरी, क्रमशः इलाममा ३७-२३, सुनसरीमा ३८-१६, बिराटनगरमा २५-२२, मोरङमा ३६–१०, धनकुटामा २६-२८ को मत अन्तर देखिएको छ। गत शनिवार निर्वाचनमा भावी अध्यक्षका लागि बृहत लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्र र व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठबीच प्रतिस्पर्धा हुने जनाइएको थियो ।
नेपाल बार एशोसिएशनको २७ औँ केन्द्रीय कार्यसमितिको निर्वाचनमा २५ पदका लागि ७५ जनाले उम्मेदवारी दिएका छन्, जसका लागि अपरान्ह १२ बजेवाट मतदान सुरू भएको हो । बारको भावी अध्यक्षका लागि समूहगत दुई र ३ जना स्वतन्त्र गरी पाँचजनाको उम्मेदवारी परेको छ । जसअनुसार वरिष्ठ अधिवक्ता मिश्र, वरिष्ठ अधिवक्ता श्रेष्ठ सहित अधिवक्ता राजु कैती, अधिवक्ता उज्वल घिमिरे र अधिवक्ता आषिश पौडेल भावी अध्यक्षका लागि प्रतिस्पर्धामा रहेका छन ।
प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाका अनुसार मतदात ९ हजार ९५७ रहेका मध्ये ८० प्रतिशतले मतदानमा सहभागी भएका छन् । उनका अनुसार काठमाडौँ र बाहिर गरी जम्मा ३६ वटा मतदान केन्द्र रहेका मध्ये काठमाडौँ मतदान केन्द्र भने सर्वोच्च अदालतमा थियो, जसमा करिब ६ हजार मतदाता रहेका छन् ।
प्रतिक्रिया