ताजा अपडेट »

सिद्धार्थ गौतमबुद्ध क्याम्पसमा नवनियुक्त प्रमुख चापागाईद्वारा पदभार ग्रहण

सोमबार, २५ चैत्र २०८१, १६ : २८
126 Shares
सोमबार, २५ चैत्र २०८१
126 Shares

बुटवल । बुटवलको सिद्धार्थ गौतमबुद्ध क्याम्पसका नवनियुक्ति क्याम्पस प्रमुख गोपाल चापागाईले पदभार ग्रहण गरेका छन् । नवनियुक्त क्याम्पस प्रमुख चापागाईले सोमबार एक समारोहका बिच क्याम्पस प्रमुखको जिम्मेवारी ग्रहण गरेका हुन् । यस अगाडिका क्याम्पस प्रमुख कृष्णप्रसाद शर्माको राजीनामापछि हालै बसेको क्याम्पस व्यवस्थापन समितिको बैठकले चापागाईलाई क्याम्पस प्रमुखमा नियुक्त गरेको थियो ।

क्याम्पस प्रमुखको जिम्मेवारी ग्रहण गर्दै नवनियुक्त चापागाईले क्याम्पसको विकास, विस्तार र शैक्षिक गुणस्तर बृद्धि आवश्यक रहेको बताए । उनले त्यसका लागि आफूले मन, बचन र कर्मले लाग्ने पनि प्रतिवद्धता व्यक्त गरे । उनले क्याम्पस सञ्चालनका लागि आफूले योजना बनाएको बताउँदै त्यस योजनामा साथ र सहयोग गर्न पनि सबैलाई आग्रह गरे ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले गरिव तथा विपन्न विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिनका लागि सिद्धार्थ गौतमबुद्ध क्याम्पसको स्थापना गरिएको बताउँदै गुणस्तरीय शिक्षाका लागि प्रतिवद्ध हुन क्याम्पस प्रशासनलाई आग्रह गरे । उनले क्याम्पसको श्रीबृद्धि पूर्वाधार विकास लगायतका कुराको लागि योजना बनाएर ल्याउन आग्रह गरे ।

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष निर्मलप्रसाद लाकौलको अध्यक्षतामा भएको कार्यक्रममा निमित्त क्याम्पस प्रमुख कृष्णप्रसाद खनाल, पूर्व क्याम्पस प्रमुख विष्णुप्रसाद राना, प्रजातन्त्रवादी प्राध्यापक संघ क्याम्पस इकाई समितिका सभापति तारा ज्ञवाली, नेपाल प्रगतिशिल प्राध्यापक संगठनका इकाई अध्यक्ष तथा केन्द्रीय सदस्य भूपाल शर्मा लगायतले शुभकामना व्यक्त गर्दै आफूहरुको पूर्ण साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रम सहायक क्याम्पस प्रमुख रामनाथ उपाध्यायले संचालनमा सम्पन्न भएको थियो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।