ताजा अपडेट »

उत्पादन र आर्थिक समृद्धिमा जोडिन नगर प्रमुख पाण्डेको आह्वान

सोमबार, २५ चैत्र २०८१, १६ : २१
68 Shares
सोमबार, २५ चैत्र २०८१
68 Shares

बुटवल । बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले उत्पादन र आर्थिक समृद्धिको अभियानमा जोडिन आह्वान गरेका छन् । स्याङ्जा कारिकोट चण्डीभञ्ज्याङ सम्पर्क समाज रुपन्देहीको सोमबार तिलोत्तमामा आयोजित दोस्रो वार्षिक साधारणसभामा बोल्दै नगर प्रमुख पाण्डेले सबैलाई उत्पादनमूलक व्यवाय वा सीप सिकेर रोजगारमा सहभागी भई आर्थिक समृद्धिमा लाग्न आह्वान गरेका हुन् । 

शिक्षा, स्वास्थ्य, यातायता लगायत भौतिक तथा मानवीय बिकासका लागि पहाडदेखि तराईमा बसाई सर्ने विगतदेखिको प्रवृत्ति रहेपनि अब उत्पादन र रोजगारमा जोडिन आवश्यक रहेको उल्लेख गरे । आफ्नो जन्मस्थल, भूगोल र ईतिहासलाई बिर्सेर कसैले पनि सफलता प्राप्त गर्न नसक्ने बताउँदै उनले पूर्खाहरुको परम्परा, सँस्कृति र पहिचानलाई जोगाउँदै उत्पादन र कुनै न कुनै आर्थिक गतिविधिमा जोडिन आग्रह गरेका हुन् । ठूजो जनसङ्ख्या अवसरको खोजिका लागि पहाडदेखि तराईमा आएर बसोबार गरेको बताउँदै उनले मुलुकको कुनै पनि ठाउँमा रहेपनि भावि सन्ततीका लागि आफ्नो पुर्खा र परम्परालाई जोगाएर राख्नुपर्नेमा जोड दिए । 

नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदानसहित आयोजना गरिएको कार्यक्रममा बोल्दै सम्पर्क समाजका अध्यक्ष शालिकराम पाण्डे, वरिष्ठ उपाध्यक्ष केशव कोइराला, उपाध्यक्ष इन्द्र पाण्डे, सचिव पिताम्बर शर्मा, सल्लाहकार रुद्रप्रसाद श्रेष्ठ तथा पीडिखोला सम्पर्क समाजका अध्यक्ष उमाकान्त सापकोटाले भौगोलिक रुपमा जहाँ रहेपनि आफ्नो जन्मभूमिप्रति सधै सम्मान गर्नुपर्नेमा जोड दिएका थिए । कारिकोटमा प्रचलित साँस्कृति पहिचान ठूलो नाच, मारुनी नाच, भजनकृतन तथा त्यस ठाउँमा उत्पादन गरिने भाडाकुडाहरुलाई पुनः जाग्रित गर्नुपर्नेमा उनीहरुले जोड दिए । 

कार्यक्रममा २ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो । समाजका सदस्य तथा जेष्ठ नागरिक ८५ वर्षीया ललितादेवी पाण्डे र ८३ वर्षीय दानबहादुर श्रेष्ठलाई सम्मान गरिएको थियो । सो अवसरमा समाजले प्रकाशन गरेको वर्ष २०८२ को क्यालेन्डर समेत विमोचन गरिएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।