ताजा अपडेट »

नयाँ वर्षमा टाइगर प्यालेसमा कुटुम्ब साँझ

सोमबार, २५ चैत्र २०८१, १६ : १९
230 Shares
सोमबार, २५ चैत्र २०८१
230 Shares

बुटवल। नयाँ वर्ष २०८२ को अवसरमा बैशाख १ गते तिलोत्तमामा रहेको लुम्बिनी प्रदेशको पहिलो पाँचतारे होटल ’टाइगर प्यालेस बाइ सोल्टी’ मा नेपालको चर्चित साङ्गीतिक समूह कुटुम्ब ब्यान्डले आफ्ना प्रस्तुतिहरू मार्फत रूपन्देही बासिलाई तताउने भएको छ ।

नयाँ वर्षको अवसरमा नयाँ वर्षलाई स्वागत गर्दै आयोजना हुन लागेको उक्त साँझमा लोकप्रिय नेपाली साङ्गीतिक ब्यान्ड कुटुम्बले लाइभ म्युजिकल प्रस्तुति दिने छ । कुटुम्ब सँगै लाइभ डिजे साँझ समेत रहेको र त्यसबाट भरपुर आनन्द लिन सकिने होटलका महाप्रबन्धक अग्नीमीत्र शर्माले बताए । 

कुटुम्ब ब्यान्डले नेपाली लोक बाजाहरूको साथ सङ्गीतको लाइभ प्रस्तुति दिँदै नेपाली सङ्गीतमा सबैलाई नचाउने छ । त्यस्तै डान्स अन्तर्गत कल्चरल डान्स, बलिउड डान्स र रिमिक्स डान्स प्रस्तुतिहरू पनि रहने छ भने अन्तमा डिजेहरूले डिस्को सङ्गीतमा सबैलाई झुमाउने छन् । 

8d95b8a2-8302-4133-9014-ac99b93ab503

कुटुम्ब साँझका लागि प्रति व्यक्ति २ हजार ९९९ रुपैयाँ प्रवेश शुल्क तोकिएको तथा सहभागीले गीत सङ्गीतको आनन्दसंगै फुड काउन्टरहरूबाट अन लिमिटेड रूपमा ल्याभिस फुडहरूको पनि मज्जा लिज सक्ने महाप्रबन्धक शर्माले बताएका छन् ।

कार्यक्रमले आन्तरिक बाह्य पर्यटन पर्वद्धनमा सहयोग पुग्ने भएकाले नियमित रूपमा यस्ता खालका विशेष कार्यक्रमहरू गर्दै जाने तथा यस क्षेत्रको पर्यटन योगदान पुर्‍याउने लक्ष्य लिएको होटलले जनाएको छ ।

यस अघि होलीको अवसरमा पनि अन्तर्राष्ट्रिय फेसन सो तथा ‘होली पुल पार्टी’ आयोजना समेत गरेको थियो । सो कार्यक्रममा नेपाल तथा भारतका खातीप्राप्त मोडलहरूको र्‍याम्प वाक, डिजेहरूले सांगीतिक प्रस्तुति दिएका थिए । 

सोल्टीले व्यवस्थापन सम्हालेसँगै होटलले आफ्ना सेवा तथा सुविधाहरूमा व्यापक परिवर्तन गर्दै विभिन्न खालका इभेन्टहरूको समेत सुरुवात गरेको छ ।  

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।