ताजा अपडेट »

रवि लामिछानेलाई रुपन्देहीका कारागारको ४ नम्बर ब्लकमा एक्लै राखियो

सोमबार, २५ चैत्र २०८१, १३ : १९
104 Shares
सोमबार, २५ चैत्र २०८१
104 Shares

बुटवल ।  पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई ४ नम्बर ब्लकमा एक्लै राखिएको छ । उनलाई कारागारको ४ नम्बर ब्लकमा राखिएको जिल्ला कारागार भैरहवा, रुपन्देहीका प्रशासक सुरेश भण्डारीले बताए । 

उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेशअनुसार लामिछानेलाई सोमबार थुनामा पठाइएको रूपन्देही प्रहरी प्रमुख एसपी रञ्जितसिंह राठौरले जानकारी दिए। उनलाई राखिएको कोठमा अरू थुनुवा राखिएको छैन। कारागार कार्यालयमा चार वटा भवन छन्। जस मध्य रविलाई ४ नम्बर ब्लकमा राखिएको हो । 

जिल्ला प्रहरी कार्यलय रुपन्देहीले अदालती प्रकिृया पुर्याएर लामिछानेलाई सोमबार भैरहवा कारागार पठाएको हो।  जिल्ला  प्रहरी  कार्यलय  रुपन्देहीका  डीएसपी सुरज कार्कीले सबै अदालती प्रक्रिया पुर्याएर कारागार पठाइएको ग्लोबल आवाजलाई बताए । उनले अर्को आदेश नआउँदासम्म लामिछाने भैरहवा कारागारमै रहने जानकारी दिए ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामा राख्ने आदेश दिएपछि लामिछानेलाई शुक्रबार काठमाडौँबाट पक्राउ गरी शनिबार विमानमार्फत भैरहवा ल्याइएको थियो । 

यसअघि जिल्ला अदालतले नै पुर्पक्षका लागि थुनामा पठाएका पूर्वडिआइजी छबिलाल जोशीलाई भने समूहमा राखिएको छ। जोशीको हकमा  उच्च अदालतले जिल्लाकै फैसला सदर गरिसकेको छ। 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।