ताजा अपडेट »

रास्वपालाई स्वतन्त्र पार्टी बनाउन रविलाई सबैले बिर्सनुपर्छ: मुकुल ढकाल

सोमबार, २५ चैत्र २०८१, १२ : ०७
78 Shares
सोमबार, २५ चैत्र २०८१
78 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व महामन्त्री मुकुल ढकालले स्वतन्त्र पार्टी बन्नको लागि सभापति रवि लामिछानेलाई सबैले बिर्सर्नुपर्ने बताएका छन् । 

सोाबार सामाजिक सञ्जालमा लेख्दै उनले रास्वपालाई रविको पार्टी होइन, राष्ट्रिय स्वतन्त्र पार्टी बनाउन सुझाएका हुन् । 

उनले लेखेका छन् ,‘ रविको पार्टी होइन, राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔँ । तितो लाग्न सक्छ, तर सत्य यहि हो, राष्ट्रिय स्वतन्त्र पार्टी बन्न रवि दाइलाई अब सबैले बिर्सनपर्छ । दुइ–चार हजार अरिङ्गलका कमेन्ट हेरेर डराउन जरूरी छैन ।’
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।