ताजा अपडेट »

रविलाई जिल्ला अदालत रुपन्देही पुर्‍याइयो

सोमबार, २५ चैत्र २०८१, ११ : २६
48 Shares
सोमबार, २५ चैत्र २०८१
48 Shares

बुटवल। सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला अदालत रुपन्देही पुर्याइएको छ । लामिछानेलाई केहीबेर अघि अदालत पुर्याइएको हो । 

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमाको मुद्दामा पक्राउ परेका थिए । अदालतमा उपस्थित गराएर प्रक्रिया पूरा भएपछि उनलाई आजै भैरहवा कारागार लगिने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।  

उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेशमा उनलाई शुक्रबार काठमाडौँबाट पक्राउ गरी शनिबार विमानमार्फत भैरहवा ल्याइएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।