ताजा अपडेट »

भृकुटीमण्डपमा सभा गर्न नदिएपछि राप्रपाले बोलायो आकस्मिक बैठक

सोमबार, २५ चैत्र २०८१, १० : १९
96 Shares
सोमबार, २५ चैत्र २०८१
96 Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको आकस्मिक केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैँछ । जसअनुसार आज दिउँसो ३ बजे धुम्बाराहीस्थित पार्टी केन्द्रिय कार्यालयमा उक्त बैठक बस्नेछ ।

राप्रपाले यही २६ चैतमा प्रदर्शन र सभा आयोजना गरे पनि प्रशासनले भृकुटीमण्डपमा राप्रपालाई सभा गर्न नदिने भएपछि सो बैठक बोलाइएको हो । राप्रपाले माग गरेको भृकुटीमण्डपमा जिल्ला प्रशासन कार्यालयले शिक्षक आन्दोलन र अन्य आन्दोलनको कारण देखाउँदै सभा गर्न नदिने जनाउँदै बल्खु वा सिफलमा गर्न बैकल्पिक स्थान तोकेपछि राप्रपाले आकस्मिक रूपमा बैठक बोलाएको हो । 

बैठकले स्थानीय प्रशासनले भृकुटीमण्डपमा प्रदर्शन गर्ने अनुमति नदिएपछि अब के गर्ने ? भन्ने बारेमा छलफल गर्ने जनाइएकाे छ ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।