ताजा अपडेट »

राम मन्दिरमा तीन लाख भक्तद्वारा पूजाअर्चना

आइतबार, २४ चैत्र २०८१, १७ : ०२
22 Shares
आइतबार, २४ चैत्र २०८१
22 Shares

काठमाडौं । रामनवमीका अवसरमा बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिरमा तीन लाभन्दा बढी भक्तले पूजाअर्चजना गरेका छन् । 

श्रीरामचन्द्र मन्दिर जीर्णोद्धार समितिका अनुसार आज बिहान ४ः०० बजेदेखि अपराह्न ३ः३० बजेसम्म तीन लाख भक्तले पूजाअर्चना गरेका हुन् । 

मन्दिरमा बिहानैदेखि भक्ति सङ्गीत कार्यक्रम जारी छ । कार्यक्रममा रमेश पोखरेल, नारायण कोइराला, मनमोहन थपलिया, सङ्गीता प्रधान, रोशा फुयाँललगायत कलाकारले कार्यक्रमलाई निरन्तरता दिएका छन् । मन्दिर आज राति ९ः०० बजेसम्म दर्शनको व्यवस्था मिलाइएको समितिले जनाएको छ । 

काठमाडौं महानगरपालिका वडा नं ९ स्थित बत्तीसपुतलीमा रहेको श्रीरामचन्द्र मन्दिर विसं १९२८ मा कम्याण्डिङ कर्णेल सनकसिंह टण्डन लाहुरी क्षत्रीले स्थापना गरेकाे त्यहाँ रहेको शिलालेखमा उल्लेख छ । मन्दिर सञ्चालनका लागि उनले काठमाडौंका विभिन्न स्थानमा ३७३ रोपनी जग्गा गुठी राखेका थिए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।