ताजा अपडेट »

सडकबाट समर्थकहरुको आवाज  ‘देशको शान कुलमान घिसिङ’

आइतबार, २४ चैत्र २०८१, १६ : ३९
30 Shares
आइतबार, २४ चैत्र २०८१
30 Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निबर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको समर्थकहरुले घिसिङलाई बर्खास्त गरेको विरुद्धमा विरोध प्रदर्शन गरेका छन् । 

आइतबार माइतीघर मण्डलामा घिसिङको पुनःवहालीको माग राख्दै प्रदर्शन गरेका हुन् ।

सोही क्रममा उनीहरुले ‘उर्जामन्त्री दीपक खड्का राजीनामा दे’, ‘देशको शान कुलमान घिसिङ’, ‘प्राधिकरणको राजनीति बन्द गर’, ‘उज्यालो नेपालका नायक कुलमान घिसिङ जिन्दावाद’, ‘कुलमान हाम्रो शान हो, देश र जनताको मान हो,’ ‘कुलमानलाई बर्खास्त गर्ने निर्णय फिर्ता गर’ लेखिएको प्ले कार्डहरु बोकेका थिए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।