ताजा अपडेट »

यु–१९ पुरुष विश्वकप एसिया छनोट : नेपालले टस हार्यो

आइतबार, २४ चैत्र २०८१, १० : ३१
18 Shares
आइतबार, २४ चैत्र २०८१
18 Shares

काठमाडौं । नेपाल यु–१९ र अफगानिस्तानको यु–१९ क्रिकेट टोलीबीच तीन खेलको एक दिवसीय शृङ्खलाअन्तर्गत आज दोस्रो खेलमा नेपालले टस हारेको छ । मुलपानी क्रिकेट मैदानमा भर्खरै भएको टसमा अफगानिस्तानले टस जितेर  पहिले ब्याटिङ रोजेको छ । यससँगै नेपालले अब पहिला बलिङ गर्नेछ । यु–१९ पुरुष विश्वकपको एसिया छनोटको तयारीस्वरुप नेपाल र अफगानिस्तानले अभ्यास खेल्न लागेका हुन् ।

यसअघि बिहीबार भएको पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १३० रनको फराकिलो अन्तरमा पराजित भएको थियो । अफगानिस्तानले तीन खेलको सिरिजमा  १–० को अग्रता बनाएको छ ।  यो सिरिजमा हारबाट जोगिन नेपाललाई आजको खेल जित्नुपर्ने दबाब छ । यदि नेपाल आजको खेलमा पराजित भएमा यस सिरिजको उपाधि  अफगानिस्तानले जित्ने छ । त्यसैले पनि आज नेपाललाई जित्नैपर्ने दबाब छ ।

अर्को साता नेपालमा नै आयोजना हुने एसिया छनोटमा नेपाल र अफगानिस्तान, हङकङ, युएई र ओमानले प्रतिस्पर्धा गर्नेछन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।