ताजा अपडेट »

भृकुटीमण्डपको भाडा नतिर्नेमा पर्यटन बोर्डदेखि रिपोर्टस क्लबसम्म

शनिबार, २३ चैत्र २०८१, १९ : ४७
32 Shares
शनिबार, २३ चैत्र २०८१
32 Shares


काठमाडौं । समाज कल्याण परिषदको स्वामित्व रहेको काठमाडौंको भृकुटीमण्डपस्थित भवन र जग्गा भोगचलन गरेबापत भाडा नतिर्नेहरु ५१ संस्था र व्यक्ति नाम सार्वजनिक भएको छ ।
समाज कल्याण परिषद्ले २०८१ चैत्र २१ गते दैनिक पत्रिकामा ३५ दिने सूचना जारी गर्दै ५१ संस्थाको सूची सार्वजनिक गरेको हो । सूचीमा नेपाल पर्यटन बोर्डदेखि चर्चित पत्रकार ऋषि धमलाको रिपोर्टस क्लबसम्म छन् । बोर्डको १ करोड ६७ लाख बढी वक्यौता छ भने क्लबको मात्रै ४६ लाख ५८ हजार ६४९ रूपैयाँ बक्यौता तिर्न बाँकी देखिन्छ ।
परिषदको भृकुटीमण्डप व्यवस्थाप विभागले ५१ संस्था÷व्यक्ति÷व्यवसायीहरुको सूचीमा नेपाल पत्रकार महासंघ काठमाडौं शाखादेखि काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयको नाम समेत छ ।
पटकपटक पत्राचार र सूचना प्रकाशित गरी भाडा तिर्न निर्देशन दिए पनि बेवास्ता गरेको विभागले जनाएको छ। तोकिएको समयभित्र भाडा नबुझाएको खण्डमा कानुनबमोजिम असुलउपर गरिने विभागले चेतावनी दिएको छ ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।