ताजा अपडेट »

लुम्बिनी प्रदेश शारीरिक सुगठन तथा फिटनेश संघको अध्यक्षमा सितुप्रसाद श्रेष्ठ

शुक्रबार, २२ चैत्र २०८१, १३ : ४९
194 Shares
शुक्रबार, २२ चैत्र २०८१
194 Shares

बुटवल । लुम्बिनी प्रदेश शारीरिक सुगठन तथा फिटनेश संघको अध्यक्षमा सितुप्रसाद श्रेष्ठ पुनः चयन भएका छन् ।चैत १५ गते शुकवार होटल एशियनमा सम्पन्न  लुम्बिनी प्रदेश शारीरिक सुगठन तथा फिटनेश संघको प्रथम साधारणसभा तथा अधिवेशनले श्रेष्ठको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरको हो ।

संघको उपाध्यक्षमा राजकुमार श्रेष्ठ , सचिवमा केशब शाक्य , कोषाध्यक्षमा हुकुम केशी निर्वाचित भएकोछन् । यस्तै सदस्यमा सरोज सिंह , नितेश गुरुङ,खेम धर्ती र बिज्ञान  श्रेष्ठ सर्वसम्मत रुपमा निर्वाचित भएको छन् । लुम्बिनी प्रदेश शारीरिक सुगठन तथा फिटनेश संघको अध्यक्ष सितुप्रसाद श्रेष्ठको अध्यक्षता तथा नेपाल शारीरिक सुगठन तथा फिटनेस संघका बरिष्ठ उपाध्यक्ष बिजयलाल कायस्थको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रम संचालन राजकुमार श्रेष्ठले गरेका थिए ।

सो अवसरमा बोल्दै प्रमुख आतिथी कायस्थले नेपाली शारीरिक सुगठन खेलको विकाशमा प्रजातन्त्रता सेनानी तथा अमर शहिद धर्मभक्त माथेमाको ठुलो योगदान रहेको बताए। माथेमाले नेपालको राजनैनिक परिवर्तनमा ठूलो योगदान गरेको  चर्चा गर्दै उनले  यो खेल सबै खेलको माउ खेल भएको र नेपालीहरूको शारीरिक वनोट समेत यस खेलना लागि उपयुक समेत रहेकोले यसको प्रवद्वनमा राज्यले महत्व दिनुपर्ने वताए ।

सो अबस्थामा अध्यक्ष श्रेष्ठले हुदै गरेको एघारौं बुटवल श्री शारीरिक सुगठन प्रतियोगिता निष्पक्ष र बिवादरहित बनाउन निर्णायक समितिला

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।