भैरहवा । सिद्धार्थनगर नगरपालिकाका प्रमुख तथा संविधान सभा सदस्य इश्तियाक अहमद खाँले रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य (सांसद्) एवं पूर्वमन्त्री दीपक बोहराको निधनप्रति गहिराे दुःख व्यक्त गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं पूर्व मन्त्री दीपक बोहराको निधनले यस क्षेत्रको विकासमा अपुरणीय क्षति भएकाेको उल्लेख गर्दै उनले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
नगर प्रमुख खाँले एक शोक विज्ञप्ती जारी गर्दै शोक सन्तप्त परिवारजनमा धैर्यधारण गर्न सक्ने शक्ति प्राप्त होस् भन्दै समवेदना व्यक्त गरेका हुनन् । नगरपालिकाले बुधबार स्व. बाेहराकाे निधनमा शाेक बिदा समेत दिएकाे छ ।
प्रतिक्रिया