बुटवल । राप्रपाका बरिष्ठ नेता तथा प्रतिनिधि सभा सदस्य दिपक बोहराको पार्थिव शरिर गृह जिल्ला रुपन्देही लगिएको छ ।
बोहराको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज दिनभरि रुपन्देहीस्थित राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यालयमा राखिने बताइएको छ ।
रुपन्देही क्षेत्र नम्बर ३ प्रतिनिधि सभा सदस्य बोहराको आज बिहान उपचारका क्रममा निधन भएको थियो ।
बोहराको पार्थिव शरिर हेलिकोप्टरमार्फत रुपन्देही लगेर आजै काठमाडौं ल्याइने र अन्तिम संस्कार गरिने सो पार्टीले जनाएको छ ।
प्रतिक्रिया