बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका)मा चुनावी माहोल सुरु भएको छ । वनवाटिकाको चौथो अधिवेशनबाट नयाँ नेतृत्वका लागि कसरत सुरु भएको हो ।
यसैबीच मंगलबार पत्रकार सम्मेलन गरी अध्यक्ष पदका उम्मेदवार किरण खरेलले २४ आफ्नो बुँदे घोषणापत्र जारी गरेका छन् । चार वर्षको प्रतिवद्धता पत्र सार्वजनिक गर्दै उनले आफूले गर्न सकिने र सम्भव हुने कामलाई मात्रै प्राथमिकता दिएको बताए । बुँदागत रुपमा काम अघि बढाउने उनको प्रतिवद्धता छ ।
सबै संरचना पूरा भएको वनवाटिका जस्तै नमूना पार्क नेपालमा अन्यत्र कतै नरहेको उनले दाबी गरे । अहिलेसम्म आर्थिक पारदर्शिताको अभाव रहेको भन्दै उनले यसलाई ब्यवस्थित गर्दै अघि बढ्ने र सफ्टवेयर प्रणाली, अनलाईन सिस्टमलाई थप ब्यवस्थित ढंगले अगाडि बढाइने बताए । प्रविधिको जमाना अनुसार ब्यवस्थापनमा जोड दिएको उनले बताए । निर्माणको क्रममा टेण्डर प्रणाली अघि बढाउने लक्ष्य समेत रहेको उनले बताए ।
आफ्नो टिम समावेशी भएको उनको दाबी छ । “सबै खाले राजनितिक दलसँग समन्वय भएको छ”– उनले भने । कुल १४ जना पदहरु मध्य नेकपा एमालेलाई अध्यक्ष, कोषाध्यक्ष तथा नेपाली काँग्रेस पार्टीलाई उपाध्यक्ष, सचिव, ४ सदस्य परेका प्राप्त गर्नेगरी भागवण्डा गरेर खरेल नेतृत्वको प्यानल चुनावी मैदानमा उत्रिएको छ । यसैगरी लेखा समिति संयोजक नेपाली काँग्रेस पार्टी र २ जना सदस्य नेकपा एमालेको भागमा परेको उनले बताए ।
वनवाटिकामा ७७३ जना सदस्यहरु छन् । वनवाटिकामा १० लाख रुपैयाँ मासिक संचालन खर्च हुने गरेको छ । वनवाटिका ३२ जना कर्मचारी कार्यरत रहेका छन् ।
प्रतिक्रिया