ताजा अपडेट »

मामाघर आएका दाजु भाइसहित सहित तीन बालकको खोलामा डुबेर मृत्यु

सोमबार, १८ चैत्र २०८१, २० : ५९
128 Shares
सोमबार, १८ चैत्र २०८१
128 Shares

हेटौंडा । मकवानपुरमा खोलामा डुबेर तीनजना बालकको ज्यान गएको छु । मकवानपुरको इन्द्रसरोबर(३ स्थित सिस्नेरी खोलामा डुबेर उनीहरुको ज्यान गएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।

मृत्यु हुनेमा इन्द्रसरोबर–३ सिस्नेरी डोडारेका १४ वर्षीय सुशान्त आचार्य, काभ्रेको फूलबारी दाप्चा घर भएका १४ वर्षीय प्रमेश घोरासैनी र ११ वर्षीय प्रमाध घोरासैनी रहेका छन् । प्रमेश र प्रमाध दाजुभाई हुन भने आचार्य उनीहरुको मामाको छोरा हुन् ।

मामाघर आएका घोरासैनी दाजुभाईसहित मामाको छोरा आज पौडी खेल्नको लागि सिस्नेरी खोलामा गएकोमा डुबेर उनीहरुको मृत्यु भएको इलाका प्रहरी कार्यालय भीमफेदीकी प्रहरी निरिक्षक ललिता ढकालले जानकारी दिइन् । मृतकको शव पोष्टमार्टमको लागि काठमाडौ पठाईएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।