ताजा अपडेट »

एफएनजे मिडिया कपको उपाधि ग्लोबल आवाजलाई

कर्पोरेट तर्फ नेपाल ईन्जिनियर एशोसियसनले जित्यो

सोमबार, १८ चैत्र २०८१, १८ : ५६
196 Shares
सोमबार, १८ चैत्र २०८१
196 Shares

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देही शाखाको आयोजनामा बुटवलमा सम्पन्न एफ एनजे कर्पोरेट तथा मिडिया कप २०८१ को उपाधि नेपाल ईन्जिनियर एशोसियसन र ग्लोबल आवाजले चुमेको छ । 

सोमबार भएको फाईनल खेलमा नेपाल ईन्जिनियर एशोसियसनले शंकरनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई ६–१ गोल तथा ग्लोबल आवाजले बुद्ध टिभीलाई ८–२ को फराकिलो गोल अन्तर पराजित गर्दै उपाधि हात पारेको हो।

487513020_3682487658709964_471528628698138853_n

मिडिया कपतर्फ विजेता ग्लोबल आवाजले नगद १७ हजार ७७७ र उपविजेता बुद्ध टिभी नगद ७ हजार ७७७ रुपैयाँ नगद राशीसहित कप मेडल र प्रमाणपत्रबाट पुरस्कृत भएको छ । प्रतियोगितामा ग्लोबल आवाजका डिबि सुस्लिङ सर्वोत्कृष्ट खेलाडी, गर्जन पोष्टका बिनोद खनाल उत्कृष्ट गोलरक्षक तथा ग्लोबल आवाजका ईन्द्र खत्री सर्वाधिक गोलकर्ताबाट पुरस्कृत भएको महासंघका सचिव सीपी खनालले बताए ।

यसैगरी कर्पोरेट तर्फ विजेता एशोसियसन नगद २५ हजारसहित कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भएको छ भने शंकरनगर खानेपानी भने नगद १५ हजारसहित कप, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।

222

प्रतियोगितामा शंकरनगर खानेपानीका कुल बहादुर भण्डारी सर्वोत्कृष्ट खेलाडी, एशोसियनका शिव प्रसाद तिवारी उत्कृष्ट गोल रक्षक तथा एशोसियनकै प्रविन सापकोटा सर्वाधिक गोलकर्ता घोषित हुदै पुरस्कृत भए ।

एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामराज पोखरेल, महासंघका रुपन्देही शाखाका अध्यक्ष दिनेश पाण्डेयले पुरस्कार वितरण गरेका छन ।

प्रतियोगितामा कर्पोरेट कप अन्तरगत २२ वटा समुह तथा मिडिया कप फुटसल प्रतियोगितामा रुपन्देहीका ९ वटा सञ्चारगृहको सहभागिता रहेको संयोजक सुमन श्रेष्ठले बताए । 

11111

यस्तै संचारीका समूह र डब्लुडब्लुजे विच भएको मैत्रीपूर्ण खेल संचारीका समूहले जितेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।