ताजा अपडेट »

लामिछाने पुनःसभापतिको जिम्मेवारीमा

सोमबार, १८ चैत्र २०८१, १७ : ३५
28 Shares
सोमबार, १८ चैत्र २०८१
28 Shares

काठमाडौं । रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिको जिम्मेवारीमा फर्केका छन् । रास्वपाको केन्द्रीय समितिको आजको पहिलो बैठकले लामिछानेलाई सभापतिको जिम्मेवारी दिने निर्णय गरेको हो । उक्त बैठकमा कार्यवाहक सभापति अर्यालले धन्यवाद ज्ञापन गरे ।
 
त्यसपछि सभापति लामिछानेको सभापतित्वमा आजै दोस्रो बैठक बसिरहेकोे कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।  उक्त बैठकमा पार्टी र सदनको गतिविधिबारे सदस्यबाट संक्षिप्त रिपोर्टिङ गरिने बताइएको छ । सोही बैठकमा ‘लिडरसिप एकेडेमी’को ‘फ्लो चार्ट’, जन यात्रा कार्यक्रम, अधिवेशन महाधिवेशन कार्यतालिका, पार्टीको राजनीतिक प्रतिवेदनमा आधारित देशव्यापी जागरण र बहस गर्ने विषयमा छलफल हुने जनाइएको छ । 

सहकारी ठगीलगायत चार कसुरमा आफूविरुद्ध अदालतमा मुद्दा दायर भएपछि लामिछाने सभापति पदबाट अलग भएका थिए । त्यसयता डोलप्रसाद अर्यालले कार्यवाहक सभापतिको जिम्मेवारी सम्हालेका थिए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।