गण्डकी । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले हरेक धर्मका सकारात्मक पक्षलाई अनुसरण गर्नुपर्ने बताएका छन् । इस्लाम धर्मावलम्बीहरूको पर्व ईद (ईद–उल–फित्र) का अवसरमा आज शुभकामना सन्देश व्यक्त गर्दै उनले विविधतामा एकता नेपालीको विशिष्ट पहिचान भएको र विविधताबीचको एकता नेपालीको विशिष्ट पहिचान भएको बताए ।
ईदमा विशेष नमाज समर्पण गरिसकेपछि आपसमा शुभकामना र आशीर्वचन आदानप्रदान गरिनाका साथै मिष्टान्न परिकारसमेत खाने र खुवाउने परम्परा रहिआएको उल्लेख गर्दै सन्देशमा यस पर्वले भाइचाराको भावना तथा बृहत् राष्ट्रिय एकताको सोच अभिवृद्धि गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरिएको छ ।
रमजानको ३० दिने उपवासपछिको रातमा खुर्पेचन्द्रमा देखिएको भोलिपल्ट ईद अर्थात् ईद–उल–फित्र मनाउने प्रचलन छ । यो पर्व नेपाललगायत विश्वभरिकै मुस्लिम समुदायको महान् पर्वका रुपमा मनाइँदै आइएको भनिएको छ ।
प्रतिक्रिया