ताजा अपडेट »

आन्दोलनका दोषीलाई कारबाहीको माग

सोमबार, १८ चैत्र २०८१, १३ : ४२
8 Shares
सोमबार, १८ चैत्र २०८१
8 Shares

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले आन्दोलनका दोषीलाई कारबाहीको माग गरेका छन् ।  नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी) का नेता तथा सांसद अम्मरबहादुर थापाले गत चैत १५ गते राजावादीको आन्दोलनका कारण भएको धनजनको क्षतिबारे विरोध गर्दै निष्पक्ष छानबिन र दोषीलाई कडा कारबाही हुनुपर्ने बताएका छन् । उनले अग्रगमनका लागि लाकतान्त्रिक गणतन्त्रलाई रक्षा गर्ने र जनताप्रति राज्य उत्तरदायी हुनुपर्नेमा जोड दिए । 

जनता समाजवादी पार्टीका नेत्री सांसद रञ्जुकुमारी झाले पनि गत चैत १५ गतेको आन्दोलन अराजक र अमानवीय क्षति भएको भन्दै आपत्ति जनाउँदै सरकारले न्यायिक छानबिन गर्नुपर्ने माग गरेकी छिन् ।

 “संविधानमा सबै अधिकार छ । संविधानले संशोधनको व्यवस्था गरेको छ । यदी कसैले राजा ल्याउन चाहेमा निर्वाचन प्रणालीबाट दुई तिहाईको बहुमत ल्याउन सकोस्”, उनले भनिन्, “संविधान अनुसारको चरित्र देखाउँ । संविधान कार्यान्वयन गर्न सरकार जिम्मेवार भएर अगाडि बढ्नुपर्छ ।”

जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष तथा सांसद राजकिशोर यादवले पनि गत चैत १५ गतेको आन्दोलनको अराजक रहेको भन्दै यस्तो प्रकारको उदासिनता नराकिएको भन्दै आपत्ति जनाए । “यत्ति ठूलो क्षति र आगजनी हुँदा गृह प्रसाशन कहाँ थियो रु पूर्वतयारी किन भएन रु” उनले भने, “उच्चस्तरीय छानबिन समिति बनाएर अगाडि बढ्नुपर्छ ।” यादवले गणतन्त्रको अर्को कुनै विकल्प हुन नसक्ने बताए । 

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद रामप्रकाश चौधरीले पनि चैत १५ गतेको आन्दोलनको नाममा अराजकता भएको भन्दै यसमा गृहप्रशासनको कमजोरी देखिएको बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।