ताजा अपडेट »

चितुवाको आक्रमणबाट बालकको मृत्यु

सोमबार, १८ चैत्र २०८१, १० : ४५
16 Shares
सोमबार, १८ चैत्र २०८१
16 Shares

बाजुरा । बाजुरामा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । खप्तड छेडेदह गाउँपालिका–३ धुर्तोलाका ८ वर्षीय विजय रावतको आइतबार साँझ चितुवाको आक्रमणबाट मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देबबहादुर चौधरीका अनुसार घर नजिकै आँगनमा खेलिरहेको अवस्थामा चितुवाले रावतमाथि आक्रमण गरेको हो । उनको घटनास्थलमै ज्यान गएको उनले बताए ।
 
मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल बाजुरा  ल्याइएको प्रहरीले जनाएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।