ताजा अपडेट »

नेपाल तरुण दल रुपन्देहीद्वारा पुणकालिन सदस्यता वितरण

आइतबार, १७ चैत्र २०८१, २० : ४४
52 Shares
आइतबार, १७ चैत्र २०८१
52 Shares

रुपन्देही । तरुण दल रुपन्देही जिल्ला सभापति प्रसान्त कोइरालाको सभापतित्वमा आज सदस्यता वितरण गरिएको हो।

नेपाली कांग्रेस माहसमिती सदस्य सोम गुरुङको प्रमुख आथित्यता र तरुणदलका पूर्व सचिव चिरनजिबि जोसिको विशिष्ट आथित्यतामा सम्पन्न उक्त कार्यक्रममा तरुण दल केन्द्रिय सदस्य अजय रावल, केन्द्रिय सदस्य दुर्गा सिंह क्षेत्री लगायतको उपस्थिति रहेको थियो।

क्षेत्रीय सभापति हसन्त लामा, किसोर सुवेदी, बुटवल उपमहानगरपालिकाका सभापति सुजन पुन, सैनामैना सभापति राजु चौधरी लगायतले मन्तव्य राख्न्नुभएको थियो।कार्यक्रमको संचालन तरुण दल जिल्ला सदस्य विशाल चौधरीले गरेका थिए।

त्यसै गरि तरुण दल रुपन्देहीले पुणकालिन सदस्यता वितरण गर्ने बिपि स्मृति कप खेल राख्ने समेत जनाएको छ। वडा र नगर क्षेत्र भित्रको चैत्र २८ गतेभित्र पुणकालिन सदस्यता जिल्ला कार्य समितिमा बुझाउने, वडादेखि क्षेत्र सम्मको अधिवेशन बैशाख २० भित्र गर्ने निणय भएको विशाल चौधरीले जानकारी दिए।

युवा मिलन तथा सदस्यता वितरण कार्यक्रम जिल्ला कोसाधक्ष्य वासु बस्यालको संयोजकत्वमा पाच सदस्य रहने कार्यसमिति समेत बनेको तरुण रुपन्देहीले जानकारी गराएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।