ताजा अपडेट »

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक सिंहदरबारमा सुरु

आइतबार, १७ चैत्र २०८१, २० : ३५
56 Shares
आइतबार, १७ चैत्र २०८१
56 Shares

काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक सिंहदरवारमा सुरु भएको छ ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ । चैत १५ गते तीनकुनेमा राजावादीहरूले गरेको प्रदर्शनमा तोडफोड र आगजनी भएको थियो भने घटनामा दुई जनाको मृत्युसमेत भएको थियो ।

घट्नापछि राप्रपाका नेता कार्यकर्ताहरुसहित केही मानिस पक्राउ परेका छन् ।यसअघि हिजो बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठकले पनि अहिलेको संविधान पक्षधरसँग छलफल गर्ने निर्णय गरेको थियो । 

बैठकमा प्रधानमन्त्री ओलीसहित कांग्रेस सभापति शेरबहादुर देउवा, नेता कृष्ण सिटौला, माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, जसपाका अध्यक्ष अशोक राई, जनमत पार्टी अध्यक्ष सीके राउत, जनमोर्चाका चित्रबहादुर केसीलगायत छन् ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।