ताजा अपडेट »

प्रतिनिधिसभा बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित

आइतबार, १७ चैत्र २०८१, १८ : ०३
24 Shares
आइतबार, १७ चैत्र २०८१
24 Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । आज बिहान ११ बजेका लागि डाकिएको बैठकमा प्रतिपक्षी दलका सांसदहरूले अवरोध गरेपछि सत्ता पक्षका सांसदले पनि बैठक सञ्चालन गर्नुपर्ने माग गरेका थिए । प्रतिपक्षी दलले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएर हितेन्द्र शाक्यलाई नियुक्त गरेपछि प्रधानमन्त्रीले संसद्मा जवाफ दिनुपर्ने माग गर्दै अवरोध गर्दै आएका छन् । 

आज पनि अवरोध कायमै राखेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि स्थगित गरेका थिए । दलहरूबीच सहमति नजुटेपछि सूचना टाँस गरी दिउँसो चार बजेका लागि बोलाइएको थियो । चार बजेपनि बैठक बस्न नसकेपछि सूचना टाँस गरेर भोलिसम्मका लागि स्थगित गरिएको छ । 

प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम ९३० अनुसार सोमबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जारी गरेकाे सूचनामा उल्लेख छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।