लुम्बिनी । नेपाली लेखक सङ्घको अध्यक्ष पदमा वियोगी बूढाथोकी विजयी भएका छन् । केही बेरअघि सम्पन्न मतगणनामा बुढाथोकीले ११५ मत प्राप्त गरी विजयी भएको जनाइएको छ । उनका प्रत्यासी डा रत्नमणि नेपालले ५९ मत प्राप्त गरे ।
सङ्घको सहअध्यक्षमा मनोज न्यौपानेले १०२ मत प्राप्त गरी विजयी भए । उनका प्रतिस्पर्धी डा शैलेन्दु प्रकाश नेपालले ६९ मत प्राप्त गरे । महासचिवमा सोझो गाउँलेले १२६ मत प्राप्त गरी विजयी हुँदा प्रतिस्प्रर्धी प्रकाश विमिलले ४९ मत प्राप्त गरे ।
सङ्घको आठौँ राष्ट्रिय अधिवेशनमा कूल ३९ पदका लागि ४६ जनाले उम्मेदवारी दिएका थिए । त्यसमध्ये छ उपाध्यक्ष, एक उपमहासचिव, एक कोषाध्यक्ष, चार सचिव र २४ सदस्य पदमा एकल उम्मेदवारी दर्ता भएकाले उनिहरू स्वतः निर्विरोध निर्वाचित भए ।
सङ्घको उपाध्यक्षमा दामु मर्सिफुल, डा ईश्वरमणि अधिकारी, डा विष्णु केसी र डा शशि थापा पण्डित, कोषाध्यक्षमा विसुकुमार केसी, उपमहासचिवमा नारायण सापकोटा, सचिवमा निर्मल ढुङ्गाना, डा लोकेन्द्रबहादुर खड्का, मिलन समीर र निर्मला कोइराला निर्वाचित भएको निर्वाचन संयोजक धर्मेन्द्र नेम्वाङले बताए । निर्वाचनमा कूल १८२ जनामध्ये १७६ जनाले मतदान गरेका थिए ।
प्रतिक्रिया