बुटवल । मानवअधिकार तथा शान्ति समाज रुपन्देहीद्वारा आज विहान बुटवलको अक्सफोर्ड कलेजको सभाहलमा जलवायु न्याय केन्द्रित अभियान अन्तरगत युवा विद्यार्थीहरुसग जलवायु सम्बाद कार्यक्रम गरेको छ ।
कार्यक्रममा मानवअधिकार तथा शान्ति समाजका केन्द्रिय पुर्वसभापति गोविन्द खनालले जीवनमुखि, जगतमुखि, सेवामुखि अभियानमा स्मर्पित शान्ति समाजले स्थापनाकाल देखि नै वाताबरण संरक्षण र जलवायु परिस्थिति सन्तुलनको लागि सचेतता बढाउदै आएको उल्लेख गरे। उनले जलवायु परिवर्तनले हिमालहरु नाङ्गा पहाडमा सिमित हुने खतरा बढेको चिन्ता व्यक्त गर्दै यथाशीघ्र हिमालय तथा चुरो पहाड बचाउन अभियान चाल्नुपर्नेमा जोड दिए।
शान्ति समाजका जिल्ला सभापति अर्जुन ज्ञवालीले जलवायु न्यायको लागि शान्ति समाजको विशेष अभियान अवधारणा पत्र प्रस्तुत गरेका थिए । अवधारणा पत्र मार्फत उनले जलवायु न्याय केन्द्रित अभियान( जिवनचक्र परिस्थिति सन्तुलन र अहिन्सात्मक जीवनधारालाइ संविधानको प्रस्तावनामा समावेश गर्न सरकार, साम्सद र राजनैतिक दललाई आग्रह गरे ।
उनले झन्डै १७ बर्ष देखि पर्यावरण संरक्षण गर्न निरन्तर अभियानहरु जारी राखेको र सरोकारलाइ घच्घचाएको बताउदै त्यसै अनुरुप नयाँ युगका नयाँ पुस्तालाइ जलवायु परिवर्तन र यसको असर बारे जानकारी तथा सचेतता दिने उदेश्यले युवा विद्यार्थीसग जलवायु सम्वाद कार्यक्रम गरेको जानकारी दिए ।
कार्यक्रममा अक्सफोर्ड कलेज व्यवस्थापन संकाय संयोजक नारायण सापकोटाले शान्ति समाजले पर्यावरण संरक्षणको लागि गरिएको अभियानमा आफुहरु साथ रहने प्रतिबद्धता व्यक्त गर्दै नयाँ पुस्तालाई शान्ति समाजका जीवन र जगतमुखी कार्यक्रमहरु कलेज तथा विद्यालयका युवा विद्यार्थीहरु माझ निरन्तर लैजान अनुरोध गरे।
विद्यार्थी विसाल हमालले शान्ति समाजले आफ्नो कलेज छ्नौट गरेर कार्यक्रम गर्दा धेरै सिक्ने अवसर मिलेको बताउदै शान्ति समाजको अभियानमा अभियान्ता भएर जोडिन इच्छूक रहको बताए ।
कार्यक्रममा शान्ति समाजको केन्द्रीय सदस्य रत्ना कंडेल, रुपन्देहीका सहसचिव अर्जुन कुवर, कलेजका शिक्षक, कर्मचारीको उपस्थिति थियो ।
कार्यक्रममा रुपन्देही सभापति अर्जुन ज्ञवालीको अध्यक्षता, उपसभापति कृष्ण पाण्डेको स्वागत तथा सचिव लिलाधर लुइँटेलको संचालनमा कार्यक्रम सप्पन्न भएको थियो
प्रतिक्रिया