बुटवल । गुल्मेली सम्पर्क समाज रुपन्देहीको १७औँ साधारणसभा तथा सातौँ अधिवेशनबाट निर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।
लुम्बिनी प्रदेशका अर्थमन्त्री धनेन्द्र कार्कीको प्रमुख आतिथ्यमा उक्त पदस्थापन कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा बोल्दै मन्त्री कार्कीले समाजले अरुहरुका निम्ति पनि केही काम गर्नु पर्ने बताए । मन्त्री कार्कीले सबै मिले मात्रै देशको विकास हुने बताए ।
कार्यक्रममा धामका अध्यक्ष ऋषि भण्डारीले समाजको गुरुयोजना अनुसार सम्पन्न गर्नुपर्ने थुप्रै कार्य तथा चुनौती रहेको कुरा बताए । यस अनुसार स्थापनाको एक दशकमा नै निकै ख्यातिप्राप्त भएको शृङ्गेश्वरधामलाई अझै व्यवस्थित बनाउने प्रतिबद्धता प्रकट गरे ।
निवर्तमान सचिव पुरूषोत्तम पान्डेले समय व्यवस्थापन मिलाउन नसक्ने साथीहरू पदमा बस्न नहुने विचार राख्दै केही समयका निम्ति आफू समितिमा नरहेर नै समाजलाई गतिशील बनाउन लागिरहने प्रतिबद्धता प्रस्तुत गर्दै यो कार्य समितिले समाजको अझ सुनौलो भविष्यको कामना गरे ।
रुपन्देहीमा मात्रै नभएर देशकै मोडेलका रूपमा स्थापना भई सञ्चालनमा आएको ज्येष्ठ नागरिक मिलनकेन्द्रलाई अझै परिणाममुखी तुल्याउने कुरा केन्द्रका उपाध्यक्ष ओमी पुनले बताए । समाजका अध्यक्ष डा. पन्थले अभिभावकविहीन छोरीहरुका निम्ति सञ्चालनमा आएको निःशुल्क आवासीय छोरी शिक्षा कार्यक्रमलाई स्तरवृद्धि गर्दै जाने तथा समाजको अगुवाइमा स्थापना भएको रेसुङ्गा अलौकिक बचत तथा ऋण सहकारी संस्था लि.लाई अझै गतिशील तुल्याउने कार्यमा ध्यान जाने कुरा व्यक्त गरे ।
अध्यक्ष डा. पन्थले समाज स्थापनाको उद्देश्य अनुसारका कार्यक्रम सञ्चालन गर्दै थप कार्यक्रमसहित सङ्गठित हुन छुट्नु भएका गैरराजनीतिक उद्देश्यले स्थापना गरिएका गुल्मेली अन्य समाज तथा गुल्मीका सम्पूर्ण क्षेत्रलाई जोड्ने गरी बुबाआमा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई समेटेर लैजाने हाम्रो नीति तथा कार्यक्रम रहने प्रतिबद्धतासहित दोस्रो कार्यकालका निम्ति विभिन्न माध्यमबाट शुभकामना व्यक्त गरेकोमा सम्पूर्ण सहयोगीलाई धन्यवाद , आभार तथा कृतज्ञता प्रकट गरे ।
कार्यक्रममा समाजका प्रथम आजीवन सदस्यसमेत रहेका नन्दराम भुसाल, सिनपा साखा अध्यक्ष केशवराज ज्ञवालीले शुभकामना मन्तव्य राखेका थियो भने प्रथम उपाध्यक्ष हेम थापाले धन्यवाद ज्ञापन गरेका थिए।
नयाँ कार्यसमितिमा प्रथम उपाध्यक्ष हेम थापा, द्वितीय उपाध्यक्ष कविता अर्याल ,उपाध्यक्ष लक्ष्मण ज्ञवाली, महासचिव राजेन्द्र कुँवर, कोषाध्यक्ष बोमलाल भण्डारी, सचिव भोज खत्री, सह(कोषाध्यक्ष अर्जुनबहादुर कुँवर तथा सदस्यहरूमा माधवप्रसाद ज्ञवाली , तुलसीराम कंँडेल, लक्ष्मण अर्याल, सिर्जना मरासिनी, मोतीलाल गौतम, लक्ष्मी श्रेष्ठ, मन्दिरा शर्मा, र कविराज श्रेष्ठ रहेका छन्।
कार्यक्रमको समाप्तिपछि साधारणसभा तथा अधिवेशनबाट निर्वाचित कार्यसमितिको प्रथम बैठक सम्पन्न भएको छ । उक्त बैठकले अध्यक्षले पेश गरेको वार्षिक कार्यतालिका छलफल तथा अन्तरक्रियासहित पारित गर्दै ३ जना सदस्य मनोनित गरेको छ । मनोनित हुनेहरूमा भेषबहादुर थापा, महाशर्मा पान्डे तथा तेजनारायण अर्याल रहेका छन्।
बैठकले ३१ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ संरक्षक तथा सल्लाहकार इ. हिराबहादुर भलामी सल्लाहकारहरू यज्ञश्वर मरासिनी , लोकनाथ उपाध्याय, ऋषि भण्डारी , टिकाराम घिमिरे (पूर्व प्रमुख जिल्ला अधिकारी), ओमीकला पुन, झविन्द्रप्रसाद कडेल, नन्दराम भुसाल, डा. कृष्ण खनाल (वरिष्ठ सर्जन), यदु पन्थ, टिकाराम न्यौपाने, मित्रलाल न्यौपाने, सहप्राध्यापक लिलाबहादुर केसी, वरिष्ठ पत्रकार यमलाल भुसाल, बासुदेव अर्याल, कृष्णप्रसाद भण्डारी (सिनपा), पारसमणि भण्डारी, सङ्गीता अर्याल, कृष्णप्रसाद पोखरेल, प्रा.डा. बुद्धबहादुर थापा, प्रा. डा.हिरण्यलाल ज्ञवाली, हरि ज्ञवाली, बालकृष्ण पन्थी पूर्व प्रमुख जिल्ला अधिकारी, हरिप्रसाद भण्डारी (पूर्व प्रमुख जिल्ला अधिकारी) , गोविन्द अर्याल, पशुपति घिमिरे, सुनिता जिसी तथा सहप्राध्यापक डिल्लीराज भट्टराई रहेका छन् ।
यसैगरी बैठकले विभिन्न समिति तथा उपसमितिहरूसमेत गठन गरी हरेक कार्यक्रमका निम्ति संयोजकको समेत जिम्मेवारी दिएको छ । बैठकले निर्वाचनको महत्त्वपूर्ण जिम्मेवारी लिएर कार्यक्रमलाई व्यवस्थित रुपमा सम्पन्न गराएकामा प्रमुख निर्वाचन अधिकृत केशवराज पोख्रेल तथा निर्वाचन अधिकृतद्वय माधवप्रसाद घिमिरे एवम् बुद्धिराम पराजुलीलाई सम्मान गरिएको थियो ।
उक्त अवसरमा धाम तथा ज्येष्ठ नागरिक मिलनकेन्द्रका कार्यक्रम सञ्चालनमा विशेष योगदान पुर्याउनु भएकामा उपाध्यक्ष तथा पूजा समितिका संयोजक नेत्रप्रसाद ज्ञवालीलाई सम्मान गरिएको थियो ।
अध्यक्ष डा. पन्थले सबैको साथ र सहयोग लिएर समाजलाई अगाडि बढाउने प्रतिबद्धता गरे ।
प्रतिक्रिया