ताजा अपडेट »

रवीन्द्र-धवललगायतलाई ३ बजेपछि सरकारी वकिलकहाँ लगिने

आइतबार, १७ चैत्र २०८१, १३ : ३९
60 Shares
आइतबार, १७ चैत्र २०८१
60 Shares

काठमाडौं । राजावादी प्रदर्शनलाई उत्तेजित बनाएको आरोपमा पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहितका थुनुवालाई अपराह्न ३ बजेपछि जिल्ला सरकारी वकिलको कार्यालयमा पेश गरिने भएको छ ।

उनीसहित पक्राउ परेका १११ थुनुवामध्ये कसलाई कुन मुद्दामा पेश गर्ने भन्ने कुराको निर्क्यौल भइसकेको छैन । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार धेरैजनामाथि मुद्दा चलाउनुपर्ने कारण लेखापढी गरेर कागजात तयार पार्न समय चाहिने भएकोले ढिलो भएको हो ।

पक्राउ परेकामध्ये कतिपय थुनुवालाई छाड्ने(नछाड्ने विषयमा निर्णय लिन बाँकी रहेको उनले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।