ताजा अपडेट »

निर्मलनिवासले बुझेन महानगरको जरिवानापत्र

आइतबार, १७ चैत्र २०८१, ११ : २६
86 Shares
आइतबार, १७ चैत्र २०८१
86 Shares

काठमााडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई गरिएको जरिवानाको पत्र निर्मलनिवासले बुझ्न अस्वीकार गरेको छ । आइतबार ९चैत १७० बिहान जरिवानापत्र लिएर काठमाडौं महागरपालिकाको नगरप्रहरी टोली निर्मलनिवास पुगेको थियो ।

निर्मलनिवासले टोलीलाई गेटबाहिरबाटै फर्काएको नगरप्रहरी निरीक्षक लीलाराज गाछामगरले बताए ।  

महानगरले विभिन्न नौ शीर्षकमा आठ पत्रमार्फत पूर्वराजा शाहलाई सात लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको छ ।

शुक्रबार ९चैत १५० राजावादीको प्रदर्शनक्रममा कोटेश्वर, महादेवस्थान, तीनकुने, जडीबुटी क्षेत्र, सिनामंगल सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरेको भन्दै एकरएक लाख रुपैयाँ जरिवाना तोकिएको छ ।

यस्तै, महानगरको दमकल फुटाएकामा एक लाख ३० हजार, तीनकुने क्षेत्रको रुखबिरुवा र रेलिङ तोडफोड गरेकामा ४० हजार, तीनकुनेकै आइल्यान्ड तोडफोड गरेकामा २३ हजार रुपैयाँ जरिवाना तोकिएको छ ।

शुक्रबार तीनकुनेमा राजावादीको प्रदर्शनक्रममा महानगरको दमकल तोडफोड गरिँदा आगो निभाउन गएका पाँच नगरप्रहरी घाइते भएका थिए ।

प्रदर्शनक्रममा दुईजनाको मृत्यु भयो । तीनकुने क्षेत्रका अधिकांश भौतिक संरचनामा क्षति पुगेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।