ताजा अपडेट »

सदनको गतिरोध हटाउन सभामुखद्वारा थाले प्रमुख सचेतकहरूसँग छलफल

आइतबार, १७ चैत्र २०८१, ११ : १९
28 Shares
आइतबार, १७ चैत्र २०८१
28 Shares

काठमाडौँ । प्रतिनिधिसभामा भइरहेको गतिरोध हटाउन सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन् ।

संसद् भवन नयाँ वानेश्वरमा सभामुख घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेको प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए । 

विपक्षी दलहरूले सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलामान घिसिङलाई हटाएकोबारे प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा जवाफ दिनुपर्ने माग गर्दै बुधवारबाट प्रतिनिधिसभामा अवरोध गर्दै आएका छन् । 

बुधवार र बिहीबार सदनमा जवाफ नदिने बताएका प्रधानमन्त्री ओलीले शुक्रवार भने सोमबार प्रतिनिधिसभामा जवाफ दिने जानकारी गराएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।