ताजा अपडेट »

माधव सुवेदीलाई ११ औँ बुटवल श्री शारीरिक सुगठन प्रतियोगिताको उपाधि

आइतबार, १७ चैत्र २०८१, ०७ : ३३
212 Shares
आइतबार, १७ चैत्र २०८१
212 Shares

बुटवल ।  लुम्बिनी  प्रदेश शारीरिक सुगठन तथा फिटनेस संघको आयोजनामा भएको अन्तर लुम्बिनी, गण्डकी, कर्णाली, सुदुरपश्चिम र मधेस प्रदेश स्तरीय पुरुष शारीरिक सुगठन प्रतियोगिता तथा प्रथम महिला फिजिक्स प्रतियोगिता हिजो शनिबार बुटवलमा सम्पन्न भएको छ ।

६५ केजी वजन समुह बिजेता भइ फाईनल चरणमा पुगेका लुम्बिनी प्रदेश मस्का फिटनेस दाङका माधव सुवेदी औभरअल च्याम्पियन बन्न सफल भए । प्रतियोगिताको ५५ केजी तौल समूहतर्फ रुपन्देहीका बिनोद कुमार थापा प्रथम, रुपन्देहीकै सागर विक दोश्रो र बाँकेका करन बडिया तृतीय भए । यस्तै ६० केजी तौल समूहमा कपिलबस्तुका सुरेन्द्र कुमार बर्मा प्रथम, गण्डकी प्रदेशका इश्वर गुरुङ द्वितीय र कास्कीका सुजन थापा तृतीय भए । ६५ केजी तौल समूहमा नवलपरासीका नवराज डुम्रे प्रथम, गुल्मीका गौतम राना द्वितीय र  दाङका प्रतीक चौधरी तेस्रो बने ।   

यस्तैगरि ७० केजी वजन समुहमा लुम्बिनी प्रदेश दाङका माधव सुवेदी प्रथम, गण्डकी प्रदेश तनहुँका सन्तोष श्रेष्ठ द्वितीय  र सुदुरपश्च्मिको धनगढीका उदय खड्का तृतीय भए भने ७० केजी वजन भन्दा माथिको समुहमा लुम्बिनी प्रदेश दाङका दिपजंङ्ग मगर प्रथम, रुपन्देहीका कुशल प्रसाद गुरुङ द्वितीय र रुपन्देहीकै अनिश थापा तृतीय भएको भएका छन। प्रत्येक वजन समूह प्रथम दोश्रो र तेस्रो भएका खेलाडीहरुले ज मेडल, प्रमाणपत्र सहित जनही क्रमशः १० हजार ८ हजार र ५ हजार नगद हात पारे। तौल समुहबाट प्रथम बन्दै छनौट चरण पार गरेका ५ जना बिजेता खेलाडीहरुले अन्तिम प्रतिस्पर्धामा भाग लिएका थिए ।

प्रतिस्पर्धात्मक फाइनल राउन्डमा अन्य चार जना बिजयी खेलाडीलाई उछिनेर माधव सुवेदी च्याम्पियन अफ च्यापियन बन्न सफल भए। प्रतियोगितामा सहभागी ५५ जना प्रतिस्पर्धी खेलाडीहरुको चुनौतीलाई पाखा लगाउँदै उनले ११ औँ बुटवल श्री को उपाधिसंगै १ लाख नगद, सप्लिमेन्टहरु सहित आकर्षक ट्रफि हात पारे । बिजेता माधव सुवेदीले यस अघि बुटवल श्रीको दशौं संस्करण आफ्नो बजन समुहमा तृतीय भएकोमा यसपटक उपाधी जित्दा निक्कै उत्साहित भएको बताए  ।

प्रतियोगितामा वुमन फिजिक्स समुहमा नवलपरासीकी रुविना कुवँर प्रथम, अर्घाखाँचीकी रिता विक द्वितीय  र रुपन्देहीकी चुनु पुन तृतीय भईन् । उनीहरुले क्रमशः मेडल, प्रमाणपत्र तथा ट्रफि सहित नगद २० हजार, १० हजार र ५ हजार नगद प्राप्त गरे ।

उक्त कार्यक्रम लुम्बिनी  प्रदेश शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष सितु प्रसाद श्रेष्ठको अध्यक्षता तथा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

प्रतियोगिताको निर्णय मुख्य निर्णायक अन्तरास्ट्रिय निर्णायक बिजय लाल कायस्थ, अन्तराष्टिय निर्णायक क्रमश बुद्धि जंग कार्की, केशव बहादुर शाक्य  तथा राष्ट्रिय निर्णायकहरु शिवध्वज राई, राज कुमार श्रेष्ठ, सुरज श्रेष्ठ, बाबुकाजी मानान्धर ,संन्तोष शाक्य र हेमन्त शाक्यले गरेका थिए । सो अवसरमा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवलले सबै खेललाई समान रुपमा हेर्ने गरेको बताउदै खुलकुदले पनि बुटवललाई चिनाउन महत्वपूर्ण भुमिका निर्वाह गरेकाले यहाँको खेलकुदको विकासको लागि नगरपालिका सधै आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उक्त कार्यक्रमको संचालन सुमन श्रेष्ठले तथा मार्शलको भुमिका उत्सब अधिकारी र सरोज सिंहले निर्वाह गरेका थियो।

खेलप्रति आर्कर्षित गराई स्वस्थ्य रही असल नागरिक बन्न प्ररेण दिई दुव्र्यशनमुक्त समाजको निमार्णमा सहयोग गर्ने उदेश्यसहित विगत २०६५ सालदेखि रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघको आयोजनामा बुटवल श्री निरन्तर संचालन हुँदै आईरहेको छ । प्रथम बुटवल श्री २०६५ का विजेता बिकास चौधरी, दोश्रो बुटवल श्री २०६८ विजेता शेर बहादुर खाम्चा, तेश्रो बुटवल श्री २०७० बिजेता बिनोद बज्राचार्य, चौथो बुटवल श्री २०७२ विजेता बिजेन्द्र मान श्रेष्ठ, पाचौ र छैठौं बुटवल श्री २०७३, २०७४ बिजेता तारा थापा तथा सातौं बुटवल श्री २०७५ बिजेता चन्द्रमान श्रेष्ठ, आठौं बुटवल श्री २०७५ विनोद सुनार, नवौ २०७६ र दशौ २०७९ मा कृष्ण कुमार श्रेष्ठ विजेता बनेका थिए ।

लुम्बिनी प्रदेश शारीरिक सुगठन संघको स्थापना भए पश्चात उक्त प्रतियोगिताको नेतृत्व प्रदेश संघले लिदै यसपटक लुम्बिनी, गण्डकी, कर्णाली र सुदुर पश्चिम प्रदेशमा मधेश समेत थप गरि प्रदेश स्तरिय शारीरिक सुगठन प्रतियोगिता गरेको हो । पुरस्कृत खेलाडीहरु लाई अध्यक्ष सितु प्रसाद श्रेष्ठ, प्रमुख अतिथि बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेय बिशिष्ठ, अतिथि प्रदेश खेलकुद परिषद लुम्बिनी सदस्य सचिव तिरनदाज गौतम, नगर खेलकुद समिति बुटवलका अध्यक्ष बोनिन पिया लगायतले सम्मानित गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।