ताजा अपडेट »

लगातार दोस्रो पटक नेपाल पुलिस क्लबलाई प्रधानमन्त्री कप,  उपाधिसँगै १० लाख पुरस्कार

आइतबार, १७ चैत्र २०८१, ०७ : ०९
20 Shares
तश्विरः क्यान
आइतबार, १७ चैत्र २०८१
20 Shares

भैरहवा । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले उचालेको छ । त्रिभुवन आर्मी क्लबसँग र पुलिस बिच भएको फाईनल खेलमा नेपाल पुलिस क्लबले ६ विकेटले प्रतियोगिता जित्दै उपाधि उचालेको हो । उपाधिसंगै पुलिसले नगद १० लाख पुरस्कार समेत  जितेको छ ।

भैरहवा स्थित सिद्धार्थ क्रिकेट मैदानमा  शनिवार सम्पन्न फाइनल खेलमा साबिक विजेता  रहिसकेको नेपाल पुलिस क्लबसँग ६ विकेटले पराजित हुँदै आर्मी लगातार छैटौँ पटक प्रतियोगिताको उपविजेतामा चित्त बुझाउन बाद्य भयो ।  अहिलेसम्म भएका सात वटै संस्करणमा प्रतियोगिताको फाइनल पुगेको आर्मीले पहिलो संस्करणबाहेक कुनै संस्करणको उपाधि चुम्न पाएको छैन ।

487514918_1209039814557121_1744717342514021244_n

पुलिसले  क्लबले  पहिलो संस्करणको प्रतियोगितामा आर्मीसँग उपाधि बाडेको थियो । त्यसपछि २०१९ मा र गत वर्ष उपाधि उचालेको थियो । हिजो सम्पन्न खेलमा आर्मीले दिएको १ सय ५५ रनको लक्ष्य पुलिसले २५ दशमलव ५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । 

पुलिसलाई दिलाउने  क्रममा कुशल भुर्तेलले सर्वाधिक ६१ रन जोडे । उनले ७० बलको सामना गर्दै ७ चौका र ३ छक्का प्रहार गरे । पहिलो विकेटका लागि कुशलले अमित श्रेष्ठसँग मिलेर ७७ रनको साझेदारी गरेका थिए । अमित ३८ बलमा २ चौका र ३ छक्काको सहयोगमा ३९ रनमा आउट भए ।

त्यस्तै   गुल्शन झा ९ र शङ्कर राना १ रनमा आउट भए । दिलीप नाथ २४ बलमा २ चौका र २ छक्काको सहयोगमा ३१ रन बनाउँदै अविजित रहे । आर्मीका लागि शाहब आलमले ३ तथा नरेन साउदले १ विकेट लिए। भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले बसिर अहमदको अर्ध शतकको सहयोगमा ४३ ओभरमा अलआउट हुँदै १ सय ५४ रनको सम्मानजनक योगफल तयार गर्‍यो । 

487408286_1209069537887482_7698525281141622668_n

आर्मीका लागि बसिरले अविजित रहँदै सर्वाधिक ८६ रन जोडे । उनले १ सय ४ बलको सामना गर्दै ९ चौका र १ छक्का प्रहार गरेका थिए । आर्मीले २५ रन योगफल जोड्दा ५ विकेट गुमाइसकेको  तियो । यस्तो अवस्थामा क्रिजमा आएका बसिरले  छैटौँ विकेटका लागि कप्तान विनोद भण्डारीसँग मिलेर ७२ रनको महत्त्वपूर्ण साझेदारी गरे ।

कप्तान विनोद भण्डारी ५८ बल खेल्दै  ३ चौकाको सहयोगमा २९ रन बनाएर आउट भए । सुरुवाती क्रमका ब्याट्सम्यानहरू सस्तैमा आउट भएर लज्जास्पद स्थितिमा पुगेको आर्मीलाई बसिरले सम्मानजनक योगफलसम्म डाेर्याए । नवौँ विकेटका लागि बसिरले विवेक यादवसँग मिलेर ३६ रनको साझेदारी गरे । विवेकले भने २७ बलमा ११ रन जोडे ।

487169583_1209068321220937_2226305757094615284_n

आर्मीको माथिल्लो क्रमको ब्याट्सम्यानलाई चल्न नदिन पुलिसका तीव्र गतिका बलर करण केसीले ३ विकेट लिए भने  सागर ढकालले ३, कप्तान दीपेन्द्रसिंह ऐरीले २ तथा ललित राजवंशी र गुल्शन झाले समान १ विकेट लिए । लिग चरणमा शीर्ष २ मा रहेका आर्मी र पुलिसले फाइनल खेलेका हुन् ।

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत यसपटक ४६ वटा खेलहरू खेलाइएको थियो । यी सबै खेल पहिलो पटक काठमाडौँ बाहिर रुपन्देहीमा रहेको सिद्धार्थ क्रिकेट रङ्गशाला, तिलोत्तमामा रहेको एकस्ट्राटेक ओभल क्रिकेट रङ्गशाला र दाङको लमहिमा रहेको देउखुरी अन्तर्राष्ट्रिय रङ्गशालामा आयोजना भएको हो ।

प्रतियोगितामा ७ वटै प्रदेशका टोली र नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको विभागीय टोली सहित १० वटा टोलीहरूले सहभागिता जनाएका थिए ।

कसले के पाए 

उपविजेतामा सीमित त्रिभुवन आर्मी क्लबले नगद पाँच लाखसहित रनरअप ट्रफी प्राप्त गरे । यसबाहेक अन्य थुप्रैले विभिन्न पुरस्कार जितेका छन् । प्रत्येक खेलमा म्यान अफ द म्याच घोषित हुनेले नगद रु पाँच हजार पाएका छन ।

प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान गण्डकी प्रदेशका अर्जुन कुमाल घोषित भए । उनले नौ खेलमा तीन सय ७४ रन बनाए । सो क्रममा उनले एक शतकसहित ४२ वटा चौका र दुईवटा छक्का प्रहार गरेका थिए । उत्कृष्ट ब्याट्सम्यानका रूपमा उनले बजाजको एनएस–२०० मोडेलको मोटरसाइकल र मेडल प्राप्त गरेका छन् ।

नेपाल पुलिस क्लबका बलर ललितनारायण राजवंशीले बजाजको दुईवटा एनएस–२०० मोडेलको मोटरसाइकल प्राप्त गरे । उत्कृष्ट बलर र प्रतियोगिताको उत्कृष्ट खेलाडीका रूपमा घोषित राजवंशीलाई दुईवटा मोटरसाइकल प्रदान गरिएको  थियाे । राजवंशीले फाइनलसहित गरी १० खेलमा ४१ विकेट लिएका थिए ।

यस्तै, उदीयमान खेलाडी नेपाल आर्मीका तृतराज दास घोषित भए । उनले रु ५० हजारसहित क्रिकेट कीट प्राप्त गरेका छन् ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।