ताजा अपडेट »

त्रिवि उपकुलपति बरालले दिए राजीनामा

शनिबार, १६ चैत्र २०८१, २० : २०
120 Shares
शनिबार, १६ चैत्र २०८१
120 Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालले राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामापत्र बुझाएका हुन् ।

उपकुलपति बरालले स्वास्थ्यको कारण देखाएर प्रधानमन्त्री एवं त्रिविका कुलपतिलाई सम्बोधन गरेर राजीनामा पठाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । कार्यालयका अनुसार राजीनामा स्वीकृत भने भएको छैन ।

उनी प्रोस्टेटका पीडित हुन् । राजीनामा सम्बन्धमा बुझ्न खोज्दा उपकुलपति बरालका दुइटै मोबाइल स्विच अफ छन् । उनी निकट स्रोतका अनुसार उनी राजीनामा पठाएर पोखरातर्फ लागेको छन् ।

बराल गत वर्षको फागुन १० गते त्रिवि उपकुलपतिमा नियुक्त भएका थिए । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बराललाई उपकुलपति नियुक्त गरेका हुन् ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।