बुटवल । नेकपा एमाले,शुद्धाेधन गाउँ कमिटी वडा नं.३,रुपन्देहीमा वडाकेन्द्रीत प्रशिक्षणमूलक कार्यक्रम फर्साटिकरकाे शियाभारमा शनिवार सम्पन्न भयाे ।
नेकपा एमालेका नेता,कार्यकर्ताहरुलाई वडाकेन्द्रीत जरा अभियानका उद्देश्य, यसकाे जनतामा प्रभाव र मिसन ८४ मा दिने सन्देशका विषयमा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य एवम् स्कुल विभाग उपप्रमुख दलबहादुर गुरुङले सहजीकरण गरेका थिए ।
प्रशिक्षण कार्यक्रममा नेकपा एमालेका पाेलिटव्युराे सदस्य खिमलाल भट्टराईले यतिबेला सूचना नै शक्तिशाली हुने भएकाले सूचनाकाे अधिकतम प्रयाेग गर्दै पार्टीलाई नजिक र निरन्तर रुपमा बुझ्नुपर्नेमा जाेड दिए ।
यतिबेला नेकपा एमालेलाईमात्र बुझेर नहुने बरु आफ्नाे पार्टीलाई बुझ्नका लागि देश,विदेश र विराट विषयहरुलाई बुझ्न जरुरी रहेकाे बताए । यतिबेला प्रतिगामी,पुनरुत्थानवादीहरुले टाउकाे उठाई राजतन्त्र फर्काउन हिंसात्मक आन्दाेलन गरिरहेकाेमा उनीहरुकाे राजा फर्काउने याेजना किमार्थ सफल नहुने बताए । नेकपा एमालेलाई देशकाे निर्णायक राष्ट्रिय शक्तिका रुपमा विकास गर्दै लैजानुपर्नेमा उनले जाेड दिए । नेकपा एमाले विकासवादी र राष्ट्रवादी रहेकाे उल्लेख गर्दै देशकाे पक्षमा लाग्ने परिवर्तनकारी पार्टी नै एमाले रहेकाे उल्लेख गरे ।
त्यस्तै नेकपा एमाले केन्द्रीय अनुशासन आयाेगका सदस्य एवम् लुम्बिनी प्रदेशसभा सदस्य तुलसीप्रसाद चाैधरीले पार्टीका नेता,कार्यकर्तालाई पार्टीको नीति,विचार र कार्यक्रममा ऐक्यबद्धता जनाउँदै पार्टीलाई अघि लैजान अनुराेध गरे । उनले पार्टीका नेता,कार्यकर्ताहरु अनुशासित भई अध्ययनशील हुनुपर्नेमा जाेड दिए ।
सामाजिक सञ्जाल हेरेकाे र पढेकाे घरमा नै आफ्नाे विचार निर्माण गर्दा आजकाे अराजक स्थिति आईपुगेकाे उनले गुनासाे गरे । नेकपा एमाले नै विकासकाे जग हाल्ने र जनमुखी पार्टी रहेकाे उनले थप जानकारी दिए ।
कार्यक्रममा प्रदेश लेखा कमिटी सदस्य झपिन्द्र रायमाझी,रुपन्देही जिल्ला कमिटी सदस्य एवम् स्कुल विभाग उपप्रमुख नरबहादुर घर्ती,गाउँ कमिटी अध्यक्ष राजेन्द्र कंडेल र वडाका पार्टी सदस्यहरुलगायतकाे विशेष उपस्थिति रहेकाे थियाे ।
प्रतिक्रिया